Websoft University

www.radiomakalu.com || 021-522512


मतदाता अझै भोट खसाल्ने तरीकाबारे अनविज्ञ

 matadata shixaको लागि तस्बिर परिणाम



काठमाडौं, मंसिर ४ गते । पहिलो चरणको चुनाव आउन ६ दिन मात्र बाँकी छँदा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढेको छ । निर्वाचन आयोगले गाउँटोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको दाबी गरे पनि धेरै नागरिकले भोट दिने सही तरिका थाहा नपाएको गुनासो गरेका छन् ।

आयोगले सबै गाउँटोलसम्म मतदाता शिक्षा कार्यक्रम पुर्याउन नसकेको मतदाताको भनाई छ । दलका नेता कार्यकर्ताले पनि भोट मात्रै माग्ने गरेको, तर मतदान कसरी गर्ने भन्ने तरीका नसिकाएको मतदाताको गुनासो छ ।

आयोगले भने स्वयंसेवक खटाएर गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको र पोष्टर पर्चामार्फत पनि अभियान चलिरहेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले ८ गतेभित्र सबै मतदाताको घरघरमा मतदाता शिक्षा पुग्ने दाबी गर्नुभयो ।

मतदाता शिक्षा ढिलो सुरु भएकाले अहिले नै सबै ठाउँमा पुग्न नसकिएको उहाँको भनाई छ । आयोगले कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आयोगले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङ, प्रदेश सभाका लागि कालो रङ र समानुपातिकतर्फ रातो रङ चिन्ह भएको मतपत्र तयार गरेको छ ।

मतदाताले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङको चिन्ह भएको मतपत्रमा एक छाप, प्रदेशसभा सदस्याका लागि कालो रङको चिन्ह भएको मतपत्रमा एक छाप र राजनीतिक दलका लागि समानुपातिक चुनाव प्रणालीको रातो रङको चिन्ह भएको मतपत्रको माथिल्लो खण्डमा एक छाप र तल्लो खण्डमा एक छाप लगाउनुपर्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget