Websoft University

www.radiomakalu.com || 021-522512


बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुक्रबारदेखि

bimstec

काठमाडौँ, साउन २४ गते ।  ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक शुक्रबारदेखि राजधानीमा हुने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने बैठकमा सदस्यराष्ट्रका विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।
मन्त्रीस्तरीय बैठकसँगै विदेश सचिवहरू सम्मिलित ‘उच्च अधिकारी बैठक’ (एसओएम) पनि हुनेछ ।  बैठकमा प्रबुद्ध व्यक्ति समूह (ईजीजी) गठन तथा सदस्यराष्ट्रबीच सम्पर्क सञ्जाल स्थापना र अन्य विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  
बैठकमा अध्यक्ष राष्ट्र रहेको नेपालले २०औँ बिम्स्टेक सम्मेलनको मितिसमेत प्रस्तावित गर्ने बताइएको छ ।  नेपालले नै आयोजना गर्ने २०औँ सम्मेलन यसै वर्ष हुनेछ ।  नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अध्यक्षता गर्नुहुने बैठकमा बङ्गलादेश, भुटान, भारत र श्रीलङ्काका परराष्टमन्त्रीका साथै म्यानमार र थाइल्यान्डबाट उपविदेशमन्त्रीले सहभागिता जनाउनुहुनेछ ।
नेपालले पहिलोपटक बिम्स्टेक सम्मेलन आयोजना गर्न लागेको हो ।  दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशबीच आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तार गर्न बनेको क्षेत्रीय सङ्गठन बिम्स्टेक सन् १९९७ मा स्थापना भएको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget