Websoft University

www.radiomakalu.com || 021-522512


'उत्तर कोरियाको परमाणु परीक्षण विश्वकै लागि नयाँ खतरा'


'उत्तर कोरियाको परमाणु परीक्षण विश्वकै लागि नयाँ खतरा'
टोक्यो : जापानले उत्तर कोरियाले हालैका दिनमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा विश्वका लागि नै नयाँ खतरा भएको बताएको छ।
जापानको रक्षा मन्त्रालयद्वारा सो खतरा औँल्याइएको उक्त मन्त्रालयका तर्फबाट मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा जनाइएको छ।
जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन् । जापानले भनेको छ– उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एक दशकयताकै सबैभन्दा खतरनाक अवस्था हो।
उत्तर कोरियाले निरन्तर रुपमा जापान र उत्तर कोरियाबीचको समुद्रमा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ। सो परीक्षणबाट जापानले अहिलेको विश्वका लागि ठूलो खतराको रुपमा उत्तर कोरिया अघि बढेको पाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ। गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ।
पछिल्लो समय उसले गरेको भनिएको अन्तरमहादेशीय क्षेप्यास्त्रले विश्वमा झन ठूलो खतरा बढाएको पाइएको जापानको रक्षा मन्त्रालयले तयार पारेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ।
उत्तरले जारी राखेको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापानले पनि निन्दा गरेका छन् । यस विषयमा राष्ट्रपति ट्रम्प र जापनका प्रधानमन्त्री सिन्जो आबेबीच हालै फोनवार्ता पनि भएको थियो।
उता यस्तो क्षेप्यास्त्र परीक्षणको कारण अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ।
उता उक्त नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा निन्दा गरेको छ। संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ। रासस/एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget