Websoft University

www.radiomakalu.com || 021-522512


राजपाले अब चुनावमा भाग लिने–अध्यक्ष यादव


upendra yadav

पाँचथर, साउन २३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा अब प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने बताउनुभएको छ ।

पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘‘जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो ।’’ सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको उहाँले आरोप लगाउनुभयो ।

अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न सक्दैन भन्नुभयो । अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा उहाँको जोड थियो ।

यस्तै उहाँले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेका निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना औँल्याउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget