Websoft University

www.radiomakalu.com || 021-522512


आदिवासी जनजाती महांसघ नगर



विराटनगर  साउन २१ गते  । नेपाल आदिवासी जनजाति महासघले  २३ औं विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ । राष्ट्रसंघले तय गरेको ‘आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको दशौं वर्षगाँठ’ भन्ने नारासहित मनाउने तयारी गरिएको हो । हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाइने गरिन्छ ।
नेपाल आदिवासी जनजाती महांसघ  नगर समन्वय परिषद् विराटनगर शनिबार बसेको भेलाले विराटनगरमा पनि भव्य रुपमा आदिवासी जनजाती दिवस मनाउने निर्णय गरेको हो ।   राज्यपक्षबाट भइरहेको राजनीतिक, भाषिक, साँस्कृतिक, धार्मिक, शैक्षिकजस्ता विभेद र मानवअधिकारको हनन् जस्ता उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र संघले सन् १९९४ यो दिवसको घोषणा गरेको जनाएको छ ।



त्यसैगरी विकासका नाममा विभिन्न आयोजना, परियोजनाहरु सञ्चालन गरिंदा जनजातिको मानव अधिकारको व्यापक हनन्  हुने गरेको नगर अध्यक्ष सुरेस सिह गनगाईले बताए ।
महासंघले स्थानीय निर्वाचनमा समेत आदिवासी जनजातिहरुको जनसंख्याको आधारमा समानुपातिक समावेशी नीति सुनिश्चित नगरिएकाले हर्षोल्लासका साथ भाग लिने राजनीतिक वातावरण बन्न नसकेको उल्लेख गरे ।
   आगामी साउन २५ गते  विभिन्न जातिय झाकी याली सहित विराटनगरको विरेन्द्र सभागृहमा आमसभा तय गरेको छ ।
  दिवसको अबसरमा  नव निर्वाचित विराटनगर महानगरपालीकका मेयर तथा उपमेयरलाई सम्मान गरिने भएको छ ।
त्यसै गरी महानगरपालीकाका १९ वटै वडाका आदिवासी जनजातीका अध्यक्ष तथा   सदस्य हरुलाई पनि सम्म्मान गरिने नेपाल आदिवासी जनजाती महांसघ  नगर समन्वय परिषद् विराटनगरका सचिव प्रेम देवानले े जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget