Websoft University

www.radiomakalu.com || 021-522512


नागरिक समाज द्धारा स्वास्थ्य शिविर

 


विराटनगर, श्रावण २२ गते । वृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय मोरंगले स्पर्श चिकित्सा शिविर संचालन गरेको छ ।
सो शिविर विराटनगर महानगर पालिकाको शीतल धर्मशालामा दश दिन सम्म संचालन हुने शिविर आज विधीवत रुपमा ९ बजे देखि शुरु भएको हो । एक्युप्रेशर रिसर्च एण्ड ट्रीटमेन्ट इन्टीयुट जोधपुर (राजस्थान), भारत रेकी, एक्यूप्रेशर एवं सुजोक पद्धती द्धारा लक्ष्मी नरायण स्वामी सुजोक एवं रेकी मास्टर, डा. अभिजित (एक्यूप्रेशर एवं रेकी मास्टर, ईशुपाल सिंह भुल्लर (एक्यूप्रेशर एर्व रेकी मास्टर) र अरविन्द कुमार अभिजित (सुजोक एवं रेकी मास्टर) ले स्पर्श विधी वाट विरामीहरुको उपचार गर्ने छन् ।
उक्त शिविरमा सुगर, दमा, कब्जीयत, गठिया, गैस्टीक, लक्वा श्वास प्रस्वास, पोलियो, तनाव, अनिन्द्रा, पथरी, बाबासीर, बल्ड प्रेशर, माईग्रेन, कमर दर्द, साइटिका, टाउंको दुखाई, चक्कर आउने, मोटापना,  जोडहरुको दुखाई, सवाईकर, मुखको दाग, आखांको कमजोरी आदी विरामीहरुको उपचार गर्नु हुने छन् ।
सो शिविर श्रावण ३१ गते सम्म संचाल हुने छ । शिविर उद्य्घाटन सत्रका प्रमुख अतिथी शीतल धर्मशालाका अध्यक्ष तथा समाजसेवी भगवान लाल साहले पुरातन सभ्यतामा विना औषधी खाऐर पानि मान्छे धेरै दिन सम्म वाचेका थिए तर अहिलेको आधुनिक चिकित्सा भएपनि मान्छे चाड मर्दछन् । त्यसैले विना औषधीको स्पर्श चिकित्साले खर्चपनि कम हुने र रोग पनि जरावाट हट्ने भएकाले यसमा सवैलाई सहभागीहुन आह्वान गरेका थिए ।
त्यसै गरी लक्ष्मी नारायण स्वामी, मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहार, महिला नागरिक समाजका अध्यक्ष आशा झाले शिविरको सफलताको शुभकामना दिएका थिए ।
सो शिविर बृहत मधेशी नागरिक समाजका अध्यक्ष सुर्य नाथ प्रसाथ सिंहका अध्यक्षतामा संचालन भई रहेको छ ।
 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget