Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ४ बजे बस्दै



काठमाडौँ, साउन २९ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो क्षतिबारे छलफल गर्न आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशका अधिकांश स्थानमा आएको बाढी र पहिराका कारण जनधनको क्षति भएकाले पीडितको उद्धार र आवश्यक राहतको प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget