Websoft University

www.radiomakalu.com || 021-522512


चिनियाँ उपप्रधानमन्त्री आज काठमाडौँ आउनुहुँदै

wang yang

काठमाडौँ, फागुन ३० गते । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ सोमबार अपराह्न विशेष विमानबाट राजधानी आइपुग्दै हुनुहुन्छ । नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चार दिवसीय औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो ।
आउँदो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चिनियाँ उपप्रधानमन्त्रीले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
चिनियाँ उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग आगामी मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । सोही दिन चीनका उपप्रधानमन्त्रीले चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्नुहुनेछ ।
बुधबार उहाँले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार अपराह्न जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा उपप्रधानमन्त्री गच्छदारले दिवाभोजको आयोजना गर्नुहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको नेतृत्व गरेपछि पहिलोपटक चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणलाई उच्च महŒव एवं अभिरुचिका साथ नेपाली जनताले प्रतीक्षा गरेका छन् ।
“उपप्रधानमन्त्री स्तरमा चीनबाट हुन लागेको यो भ्रमणको ठूलो महŒव छ, योे नेपालको पुनःनिर्माण र विकासमा केन्द्रित हुनेछ”, भ्रमणको महŒवबारे सङ्क्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई भन्नुभयो ।
पुनःनिर्माण र विकासमा चीनबाट अतिरिक्त सहयोगको घोषणाबारेको जिज्ञासमा उहाँले नेपालको सामाजिक एवं आर्थिक विकासका लागि आगामी दिनमा चीनबाट ‘एक क्षेत्र एक मार्ग’ (ओबीओआर)को दायराअन्तर्गत हुने जानकारी दिँदै द्विपक्षीय वार्तामा चीनसँग विगतमा भएका सम्झौताको कार्यान्वयन तथा भविष्यमा अझ प्रभावकारी ढङ्गले सबै सन्धि सम्झौतालाई व्यवहारमा रूपान्तरण गर्नेबारे विचारविमर्श हुने बताउनुभयो ।
यसैबीच द्विपक्षीय वार्तामा नेपालको विकाससँग सम्बन्धित मन्त्रालय, निकाय र विभागका उच्च अधिकारी सहभागी हुनेछन् ।
वार्तामा अर्थ, वाणिज्य, उद्योग, आपूर्ति, स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा मन्त्रालयका साथै नेपाल पुनःनिर्मााण प्राधिकरणका उच्च अधिकारीले भाग लिनेछन् ।
चिनियाँ प्रतिनिधिमण्डलमा राज्य र सहायक मन्त्री चार जनासहित विभिन्न मन्त्रालय र विभागका उच्च अधिकारी रहने छन् ।
चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग चिनियाँ पाहुनाले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीका अतिरिक्त कृषि, जल व्यवस्थापन, वाणिज्य, पर्यटन र गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।
उहाँलाई चीनमा सुधारवादी नेताका रूपमा मात्र नभई विकासको ‘ग्वाङडोङ’ ढाँचाको प्रवर्तक मानिन्छ । निजी उद्यमशीलता, आर्थिक विकास र नागरिक समाजको बृहत्तर भूमिकाबाटै उक्त ढाँचा सफल भएको बताइएको छ ।
पाकिस्तानको भ्रमण पूरा गरी चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget