Websoft University

www.radiomakalu.com || 021-522512


झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता




काठमाडौं, साउन २९ गते  । अविरल वर्षाका कारण पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग डुबानमा परेको प्रहरीले जनाएको छ ।


पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्टराईका अनुसार डुबेर तथा बाढीले बगाएर हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । अन्य १५ जना बेपत्ता छन् । विराटनगर विमानस्थल जलमग्न छ । एक घण्टादेखि वर्षा रोकिएको डीआईजी भट्टराईले जानकारी दिए । ‘२/४ घण्टा वषर्ा रोकियो भने विमानस्थलमा जमेको पानीको सतह घट्ने र त्यसपछि मात्र उडान सुचारु गर्न सकिने सम्भावना छ,’ उनले भने ।

कोशी ब्यारेजमा पानीको सतह पौने तीन लाख क्युसेक पुगेको छ । ब्यारेजमा रातो बत्ती बलिरहेको छ । उक्त ब्यारेजको क्षमता पाँच लाख क्युसेक हो । क्षमताका हिसाबले ब्यारेज जोखिममा रहेको भन्न नमिल्ने डीआईजी भट्टराईले बताए ।

प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध छ । ल्यान्डलाइन र मोबाइल सेवा पनि अवरुद्ध छन् । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार इटहरीस्थित एक्स्चेन्जका ब्याट्रीहरू डुबानमा परेका कारण ल्यान्डलाइन र मोबाइल सेवा अवरुद्ध हुन पुगेको हो । अहिले दुवै सेवा खुलाउने प्रयास भइरहेको तर ल्यान्डलाइनबाट मोबाइलमा सम्पर्क हुने ‘इन्टर लिंक’मा अझै समस्या रहेको उनले जानकारी दिइन् । ‘खुलाउने प्रयास जारी छ,’ वैद्यले भनिन् ।

झापा संवाददाता गौरव पोखरेलका अनुसार खोलाले कन्काई नदी, झिल्झिले खोला र भद्रपुरको स्थानीय खोलाले बगाएर चार जनाको मृत्यु भइसकेको छ । अन्य ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । अदुवा खोलामा पानीको सतह कम भएकाले बिर्तामोड बजारमा डुबानको समस्या कम भएको छ । तर, कुमरखोद, टाघनडुब्बा, शरणामती, शिवगन्ज, पाँचगाछी, डाँगीबारी, घेराबारी, कमललगायत गाउँ क्षेत्र बढी प्रभावित छन् ।

झापामा शनिबार २२ वर्षयताकै ठूलो वर्षा मापन भयो । कन्काई सिँचाइ आयोजनाको उपकरणले तीन सय ७६ दशमलव पाँच मिलिमिटर मापन गरेको थियो । झापामा ०५२ सालमा दुई सय ७७ दशमलव ८६ मिलिमिटर वषर्ा मापन गरिएको थियो । शनिबार बिहानदेखि नै बन्द रहेको चन्द्रगढी विमानस्थल आइतबार पनि खुलेको छैन ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget