Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्प र सी चिनफिङबीच वार्ता


ट्रम्प र सी चिनफिङबीच वार्ता
वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार फोनवार्ता गरेका छन् ।उत्तर कोरियाको जारी राखेको क्षेप्यास्त्र परीक्षणको विषयलाई यी दुई नेताबीच वार्ता भएको बताइएको छ । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिलाई संयमित हुन आह्वान गरेको बताइएको छ । सीले सैन्य नभई राजनीतिक उपायबाट समस्या सुल्झाउन सुझाव दिएका छन् । उत्तेजक र अराजक गतिविधि नगर्न उनले ट्रम्पलाई आग्रह गरेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् । यस्ता गतिविधिले समस्या समाधान हुनुको साटो वातावरण बिग्रनेतर्फ सजग गराइएको छ ।
उत्तेजक टिप्पणीले तनाव सिर्जना हुनेमा अमेरिका र चीन दुवै सहमत छन् । चीनले उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षण नगर्न भन्दै आएको छ । उत्तर कोरियाले पनि यस्ता आग्रहलाई बेवास्ता गर्ने गरेको छ ।
राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि निकी हेलेसँग भएको छलफलपछि ट्रम्पले शुक्रबार चीनसँग टेलिफोन वार्ता हुने जानकारी दिएका थिए । उनले उब्त्तर कोरियाली मामिलामा चीन र अन्य देशहरूसँग निकै नजिक भएर सहकार्य गर्न तयार भएको ट्रम्पले बताएका थिए ।
चीन परम्परागत रूपबाट नै उत्तर कोरियासँग आबद्ध र एक आपसमा असल मित्रको रूपमा रहँदै आएको देश हो । तर गत साता सुरक्षा परिषद्को बैठकमा उत्तर कोरियाका नेता किम जोङ उनको सत्ताविरुद्ध शृंखलाबद्ध रूपमा लगाएको प्रतिबन्धमा भने चीनले मतदान गरेको थियो । अमेरिका र उत्तर कोरियाका बीचमा बढ्दै गइरहेको द्वन्द्व न्यूनीकरण गर्ने वा बढाउने भन्ने विषयमा चीनको ठूलो भूमिका हुने भएकाले अमेरिकाले चीनसँग वार्ता गरेको हो ।
उत्तर कोरियाले संकट समाधान गर्नुपर्छ : बेलायत
लन्डन : अहिलेको संकट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउँदै बेलायतले प्योङयाङ र अमेरिकाबीच देखिएको संकटको कूटनीतिक रूपमा समाधान चाहेको बताएको छ ।बेलायती विदेशमन्त्री बोरिस जोन्सनले ट्विट गर्दै भने, ‘उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ ।’
अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा भएका उत्तेजित गतिविधि रोक्ने कुराको प्रत्याभूत गराउन काँधमा काँध मिलाएर अघि बढ्ने उनको दाबी थियो । ‘हामी संयुक्त राज्य अमेरिका र यस क्षेत्रका हाम्रा साभेदार राष्ट्रसँग संकटको कूटनीतिक समाधानमार्फत अन्त्य गर्न हामी लागिपरेका छौँ ।’ क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्विट गर्दै अमेरिकी भूमि ग्वाम सुरक्षित रहेको बताएका थिए । ट्रम्पले अमेरिकी सैनिक बल आफ्नो प्रशान्त टापुमा हुनसक्ने उत्तर कोरियाली सम्भावित आक्रमणबाट सुरक्षाका लागि ‘तयार भई’ बसेको बताएका थिए ।
उत्तर कोरियाले आफ्ना ब्यालेस्टिक क्षेप्यास्त्र जापानको पर्यटकीय क्षेत्रमाथि पनि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ । प्योङयाङ र वासिङटनबीच विवाद चर्किरहेका बेला उनीहरूको गतिविधिले आफूलाई निकै चिन्तित बनाएको रूसले बताएको छ । रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले युद्धको सम्भावनालाई ‘अति उच्च’ भन्दै संकटको समाधान गर्ने रूस र चीनको संयुक्त योजना अघि सारेका छन् ।
केही दिनअघि ट्रम्पले प्योङयाङमाथि ‘आगो र आक्रोश बर्साउने’ धम्की दिएका थिए । यद्यपि आफू वार्ताका लागि सधैं तयार रहेको पनि उनले बताएका थिए । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले संकटको शान्तिपूर्ण समाधान खोज्ने भन्दै तनाव घटाउने प्रयास गरेको केही घण्टाभित्रै ट्रम्पले अर्को धम्की दिएका थिए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई शब्दको आडम्बरता हटाउन भन्दै त्यस्ता अभिव्यक्तिले अवस्थालाई थप उत्तेजित बनाउने स्पष्ट पारेका थिए । त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘तनाव वृद्धि’ भएको भन्दै चेतावनी दिएका थिए ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget