Websoft University

www.radiomakalu.com || 021-522512


किन हेरे १८ करोडले महिला विश्वकप ?

किन हेरे १८ करोडले महिला विश्वकप ?

नयाँदिल्ली : हालै इङ्ल्यान्डमा आयोजना भएको आईसीसी महिला विश्वकप क्रिकेटका खेल संसारभरका १८ करोडभन्दा बढी दर्शकले हेरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको छ । एक महिनासम्म सञ्चालन भएको प्रतियोगिता भारतमा मात्र १५.६ करोड दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेरेको र तिनमा आठ करोडभन्दा बढी दर्शक ग्रामीण क्षेत्रका रहेको जनाइएको छ ।
आयोजक इङ्ल्यान्ड र भारतबीच जुलाई २३ मा भएको रोमाञ्चक फाइनल खेल १२.६ करोड दर्शकले प्रत्यक्ष हेरेका थिए । मिताली राजको कप्तानीमा रहेको भारत फाइनलमा आयोजक टोलीसँग नौ रनको झिनो अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
भारतीय महिला टोलीको उत्कृष्ट प्रदर्शनका कारण महिला विश्वकप हेर्ने दर्शकको संख्या पाँच सय गुणाले बढेको आईसीसीको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिअनुसार सन् २०१३ को विश्वकपभन्दा यसपटक टेलिभिजनमा लामो समयसम्म प्रत्यक्ष खेल हेर्नेको संख्या तीन सय प्रतिशतले बढेको छ । महिला विश्वकप हेर्ने दर्शकको संख्या हरेक मुलुकमा उल्लेख्य वृद्धि भएको र दक्षिण अफ्रिकामा यो संख्या आठ गुणाले बढेको जनाइएको छ । आईसीसीको विज्ञप्तिअनुसार सबैभन्दा बढी खेल भारतीय दर्शकले हेरेका थिए, जुन संख्या ग्रामीण क्षेत्रमा धेरै देखिएको छ ।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले यो आँकडाले धेरै खुसी तुल्याएको बताए । ‘महिला विश्वकप हेर्ने दर्शकको संख्या उल्लेख्य बढेको देख्दा हामीलाई खुसी लागेको छ । मलाई लाग्छ कि महिला विश्वकप सही समयमा आयोजना गरिएको थियो । त्यही कारण खेल हेर्ने दर्शकको संख्या उल्लेख्य रूपमा बढोत्तरी भयो’, प्रमुख कार्यकारी अधिकृत रिचर्डसनले भने ।
आईसीसीको विज्ञप्तिअनुसार पछिल्लो समय हट स्टारमा खेल हेर्ने दर्शकको संख्या पनि निकै बढेको छ । भारत र इङ्ल्यान्डबीचको फाइनल खेल हट स्टारमा १९ लाख दर्शकले हेरेका थिए, जुन संख्या हट स्टारमा नयाँ कीर्तिमान हो । क्रिकेटको ‘मक्का’ मानिने लर्डस् मैदानमा भएको फाइनल खेलको रोमाञ्चकता बढ्दै जाँदा हट स्टारमा खेल हेर्नेको संख्या एक्कासि बढेको थियो । हट स्टारमा पुरुष क्रिकेटका विभिन्न प्रतियोगितालाई उछिन्दै कीर्तिमान कायम गरेको थियो ।- एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget