Websoft University

www.radiomakalu.com || 021-522512


बाँध फुट्ने खतरापछि गण्डक व्यारेजका ढोका बन्द

बाँध फुट्ने खतरापछि गण्डक व्यारेजका ढोका बन्द

परासी,  साउन २९ गते  ।  गण्डक बाँध फुट्ने खतरा बढेपछि नवलपरासीमा रहेको गण्डक व्यारेजका ढोकाहरु बन्द गरिएको छ। नारायणी नदीमा पानीको सतह क्रमशः बढ्दै गएपछि गण्डकका केही बाँधहरु फुट्ने सम्भावना बढेको भन्दै दुई वटा ढोकाहरु पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरल बताए।
गण्डक बाँधका कारण बिहानदेखि पर्सा जिल्लामा बाढी पसेपछि त्यहाँको प्रशासनको अनुरोधमा मुख्य पश्चिमी नहर बन्द गरिएको प्रजिअ रानामगरले बताए। नवलपरासीको गुठीसूर्यपुरास्थित गण्डक पावर हाउस सञ्चालनका लागि लगिएको उक्त नहर भारत हुँदै पुनः पर्सा जिल्लाको सिँचाईका लागि पुर्याइएको छ।
र्सामा ल्याइएको नहरमा निर्माण गरिएको कल्र्भट पानीको वहाबले फुटाएपछि अहिले विरगञ्ज महानगरपालिकामामा बाढी पसेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले अन्नपूर्ण अनलाईनलाई जानकारी दिए। महानगरमा पानी पसेपछि क्षतिको संभावना बढेकाले त्यसलाई न्यून गर्न र अन्य गाउँ डुबान हुन नदिन नवलपरासीमा रहेको गण्डकको ढोका बन्द गर्नका लागि अनुरोध गरिएको घिमिरेले बताए।
भारतीय मुख्य पश्चिमी नहरसँगै नवलपरासीको सिँचाइका लगिएको पूर्वी नहरको बाँध समेत फुट्ने खतरा बढेकाले त्यहाँको ढोका समेत बन्द गरिएको प्रजिअ रानामगरले बताए।
अहिले गण्डक नहरको सतह बढेर ६ मिटर पुगेको छ। साढे सात मिटर पुगेपछि सर्तक रहनुपर्ने हुन्छ भने ८ मिटर पुगेपछि खतराको संकेतका रुपमा लिईने गरिएको जिल्ला प्रशासनले जनाएको छ।
पानीको सतह बढ्दै गएकाले थप क्षति हुन नदिने जोखिम क्षेत्रका स्थानीयलाई सर्तकता अपनाएर बस्न अनुरोध गरिएको जिल्ला प्रशासनले जनाएको छ।- अन्नपूर्ण  बाट , हरि शर्मा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget