Websoft University

www.radiomakalu.com || 021-522512


उद्धारमा खटिनु पर्ने प्रहरी आफैं डुवानमा


उद्धारमा खटिनु पर्ने प्रहरी आफैं डुवानमा
बर्दिबास, साउन २९ गते ।   बाढीमा परेका नागरिकको उद्धारमा खटिएका महोत्तरका प्रहरीकै कार्यालय तथा क्वाटरहरु डुवानमा परेको छ । जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदाल लगायतका कार्यालय डुवानमा परेको हो । महोत्तरीका १० वटा प्रहरी युनिट डुबानमा परेको छन् । कार्यालयहरुमा ४ फिटसम्म पानी जमेको छ । सदमुकाम जलेश्वरलाई रातु खोलको बाढीको पानीले चौतर्फी रुपमा घेरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए ।
उता जिल्ला खानेपानी , जिल्ला अस्पताल जलेश्वर, जलेश्वर कारागार, जलेश्वर नगरपालिकाको कार्यालय समेत डुवानमा परेको छ । जलेश्वरमा एक घरबाट अर्को घरमा जान सक्ने अवस्था छैन । महोत्तरीमा झन्डै ५० घर डुवानमा परेका छन् ।
किसाननगरका स्थानीय बलराम कार्कीका अनुसार रातु खोलाको बाढीले बर्दिबास नगरपालिका—६ किसानगर स्थित ३ सय मिटर बाँध भत्काएको छ । बालीनाली लगाएको जग्गा खोलाले कटान गर्न थालेको स्थानीय टेकबहादुर श्रेष्ठले बताए ।
डुवानका कारण करेसाबारी सोस्तर भएकाले किसान चिन्तित छन् । महोत्तरीमा अहिले सम्म मानवीय क्षति भएको छैन । जलेश्वरका अधिकांश घरहरुमा पानी पसेको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव महेश कुमार दासले जनाएको छ । धनुषाको लालगढस्थित रातु खोलो पूर्वी बाँध भत्काएका कारण स्थानीयहरु त्रसित छन् ।
महोत्तरीमा रातिदेखिनै विद्युत अवरुद्ध हुँदा संचारमा समस्या भएको छ । बाढीको भेलले महोत्तरीका सडकहरु क्षतविक्षत भएर प्रहरी गाउँ पस्न सकेका छैनन् । सड्क अवरुद्ध हुँदा प्रहरीको एक युनिटबाट अर्को युनिट सम्मको यातायात सम्पर्क टुटेको छ ।-अन्नपूर्ण बाट , तस्बिर : राजकरण महतो


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget