
काठमाडौं, असार ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारणका क्रममा अर्बौ रकम अपचलन गरेको अभियोगमा निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार ११ बजेपछि बिशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका सहसचिव एवं प्रवक्ता जीवराज कोइरालाले रातोपाटीलाई जानकारी दिए । अख्तियारको बिहीबार बसेको बैठकले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालविरुद्द १० अर्ब ९६ करोड बिगो माग दावी गर्ने निर्णय भएको थियो ।

अख्तियारले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको छ भने महत र ढकाल देशबाहिर लुकेको बताइएको छ ।- रातोपाटी संवाददाता
Post a Comment