Websoft University

www.radiomakalu.com || 021-522512


केपी ओलीले जनप्रतिनिधिलाई भने –संविधानको सीमामा रहनु



काठमाडौं,असार ३० गते ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवहारवादी भएर जनताको आकांक्षा सम्बोधन गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले संविधानको सीमा भित्र रहेर जनताले चाहे अनुसार समृद्धि, विकास, लोकतन्त्र र सामाजिक न्याय तथा समानताको पक्षमा काम गर्ने दायित्व पूरा गर्न पनि स्थानीय तहलाई सचेत गराएका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिकाको प्रथम नगरसभालाई उद्घाटन गर्दै उनले स्थानीय स्रोत र साधनको परिचालन गर्दै जनताको आकांक्षा सम्बोधन गर्ने संविधानले गरेको परिकल्पना साकार पार्न स्थानीय तह सफल हुने विश्वास समेत व्यक्त गरे ।
अध्यक्ष ओलीले विकास निर्माणका कामलाई कसरी दीगो बनाउने भन्ने विषयमा पनि विशेष जोड दिए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाका गतिविधिहरु सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा पछि परेका समुदायलाई प्राथमिकता राखि तयार पार्ने प्रतिवद्धता व्यक्त गरे । उनले महानगरपालिकाको कार्य सम्पादन गर्दा पारदर्शी, सुशासन र सामाजिक न्यायको नीतिलाई अंगिकार गर्ने योजना पनि सुनाए । प्रमुख शाक्यले संयुक्त राष्ट्र संघको दीगो विकासको लक्ष्यअनुरुप महानगरपालिकाको गतिविधि संचालन हुने पनि स्पष्ट पारेका थिए ।
काठमाडौं महानगरपालिकाले समृद्ध, सुरक्षित र जीवन्त सहर बनाउने लक्ष्यसहितको नीति तथा कार्यक्रम पनि ल्याएको छ । कार्यक्रममा स्वच्छ र सुन्दर काठमाडौं महानगर बनाउने जनताको चाहनालाई पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । - रातोपाटी संवाददाता 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget