Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपालाई उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दिन देउवा सहमत !




काठमाडौ, असार ३० गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका छन् ।


त्यसका लागि प्रधानमन्त्री देउवा सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा,लगायतका नेतासँगको सामुहिक तथा छुट्टाछुट्टै छलफलपछि राप्रपालाई समेत सरकारमा सहभागि गराउन सहमत भएका हुन् ।


यसअघि संविधान संशोधनमा राप्रपाका संसदहरु बिभाजित बनेको भन्दै राप्रपालाई तत्काल सरकारमा सहभागि नगर्ने मनस्थितिमा बनाएका सत्तारुढ दलले निर्णय परिवर्तन गर्दै राप्रपालाई सत्ताको सहयात्री बनाउन लागेका हुन् ।


नेपाली कांग्रेसको उच्च श्रोतका अनुसार राप्रपालाई समेत सरकारमा सहभागि बनाएर लैजादा बर्तमान गठबन्धन बलियो बन्ने र पछि संविधान संशोधनमार्फत राजपा लगायतको माग सम्बोधन गर्न सहज बन्ने भएकाले अवको मन्त्रिपरिषद विस्तारमा राप्रपालाई समेत समेट्न लागिएको हो ।


श्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार २८ गते थाइल्यान्ड जानुअघि यस्तो सहमति भएको हो । माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री देउवा, कांग्रेसका विमलेन्द्र निधी, माओवादीकै बर्षमान पुन, राप्रपा अध्यक्ष कमल थापाबीचको सहमतिमा राप्रपालाई उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिइने छ ।  सहमति अनुसार राप्रपाले सरकारमा जाने व्यक्तिको नाम समेत सो छलफलमा प्रस्तुत गरेको थियो ।


राप्रपा अध्यष थापाले नेताहरुको बैठकमा राप्रपाबाट थापासहित दिलनाथ गिरी, दिपक बोहोरा तथा  विक्रम पाण्डे र जयन्त चन्दमध्ये एक जनाको नाम लिएका थिए । तर, मन्त्रालयको टुङगो भने अध्यक्ष प्रचण्ड थाइल्यान्डबाट फर्केलगत्तै लगाउने र साउन ४ गते मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य अघि बढाउने सहमति समेत बनेको बताइएको छ ।


गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । -रातोपाटी संवाददाता

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget