Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाको कार्यशैलीले पार्टी विभाजित हुन्छ : राणा


कमल थापाको कार्यशैलीले पार्टी विभाजित हुन्छ : राणा

काठमाडौं, असार ३० गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले अध्यक्ष कमल थापाको कार्यशैलीको विरोध गर्नुभएको छ । थापाले पार्टीलाई एकलौटीमा रुपमा सञ्चालन गर्न खोजेको भन्दै नेता राणाले आपत्ति प्रकट गर्नुभएको छ ।
पार्टीमा कुनै छलफल नै नगरी ४२ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै उहाँले यस्तै कार्यशैलीले पार्टीमा विभाजन हुन सक्ने चेतावनी समेत दिनुभएको छ । शुक्रवार एक विज्ञप्तिजारी गर्दै राणाले ४२ जना केन्द्रीय सदस्य मनोनित भएको विषय आफुले सञ्चारमाध्यमबाट थाहा पाएको जनाउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘केन्द्रीय कार्यसमिति विस्तारका बारे केन्द्रीय नेताहरुसंगको परामर्श गर्नुपर्ने त्यस्तो केही नगरी मनोमानी रुपमा गरिएको छ । मधेशी, दलित, पिछडिएको वर्ग सबैको समानुपातिक प्रतिनिधित्व गर्नुपर्नेमा एकांगी रुपमा गरिएको मेरो असहमति छ' । विज्ञप्तीमा लेखिएको छ, अध्यक्षको यो एकल मनोगत निर्णय र कार्यशैलीले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा हुने भयले म चिन्तित छु' ।
साउन ४ गते केन्द्रीय समितिको बैठक बोलाइएकोमा कसैलाई जानकारी समेत नदिई अप्रत्यासीत रुपमा केन्द्रीय समिति विस्तार गर्नुले सिंगो केन्द्रीय कार्यसमितिलाई वेवास्ता गरिएको र अध्यक्ष थापाले पार्टीलाई बिर्ता ठानेको गम्भिर आरोप राणाले लगाउनुभएको छ ।
राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षको यो निर्णय तत्काल फिर्ता लिई पार्टीलाई बिग्रहबाट बचाइयोस्' ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget