Websoft University

www.radiomakalu.com || 021-522512


पुटिनलाई भेटेकोमा किन भइरहेछ ट्रम्पको आलोचना ?



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापश्चात् ‘रुससँग रचनात्मक रुपले’ काम गर्ने बेला भएको बताएका छन् ।

शुक्रबार जी–२० देशको शिखर सम्मलेनमा पहिलो पटक यी दुई नेताबिच भेटवार्ता भएको थियो ।

अमेरिकी चुनावमा हस्तक्षेपको खबरमा पुटिनले जोडदार तरिकाले खण्डन गरेको ट्रम्पले ट्वीट गदैृ जानकारी दिए ।

यद्यपी, ट्रम्प र उनका वरिष्ठ अधिकारीले उक्त बयानमा विरोधाभाष पाए ।

पुटिनलाई भेटेर अनलाइन सेक्युरिटीमा साझेदारीको प्रस्तावको जानकारी दिएपश्चात् ट्रम्पले आफ्नै पार्टीमा आलोचना खेप्नुपरेको छ ।

संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले भनिन्, ‘अमेरिका रुसमा कहिले पनि विश्वास गर्न सक्दैन र कहिले गर्ने पनि छैन ।’

सीएनएनसँगको कुराकानीमा उनले भनिन्, ‘रुससँगको भेटवार्ताको अर्थ अमेरिका आफ्नो लक्ष्यबाट भट्किएको भन्ने हुँदै होइन ।’

उता विदेशमन्त्री रेक्स टिलरसनले ‘रुससँगको राम्रो सम्बन्धमा अहिले पनि सन् २०१६ को चुनावमा हस्तक्षेपको मुद्दाले रोक्ने गरेको’ बताए ।

अमेरिकामा एक विशेष अनुसन्धान टोलीले ट्रम्पका सहयोगीले पछिल्लो नोभेम्बरमा भएको अमेरिकी चुनावलाई प्रभावित गर्नका लागि रुसको कोसिसमा साँठगाँठ गरेको छ छैन भन्ने बारे अझै अनुसन्धान गरिरहेको छ ।

जर्मनीको ह्यामबर्गमा बसेको बैठकमा दुई राष्ट्रपतिले अमेरिकी चुनावलाई कथित रुपमा प्रभावित गर्ने विवादमा कुराकानी गरेको बारे दुबै पक्षले पुष्टि गरेको छ ।

तर अर्कोतर्फ भेटघाटबारे दुबै पक्षको बयान भिन्न भिन्न सार्वजनिक भए ।

रुसी विदेशमन्त्री सर्गेई लावरोवले ‘ट्रम्पले पुटिनको खण्डनलाई स्विकारेको’ बताए ।- बीबीसी


  
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget