Websoft University

www.radiomakalu.com || 021-522512


लेविसको शतकको मद्दतले वेस्ट इन्डिजद्वारा भारत पराजित




जमाइका – एभिन लेविसको विष्फोटक ब्याटिङको मद्दतले वेस्ट इन्डिजले भारतलाई टी–२० खेलमा ९ विकेटले पराजित गरेको छ ।

लेविसले मात्र ६२ बलमा १२५ रन बनाएपछि वेस्ट इन्डिजले भारतले प्रस्तुत गरेको १९१ रनको लक्ष्य १८.३ ओभरमा नै लक्ष्य पार गरेको थियो । लेविसले शतकीय पारी खेल्ने क्रममा १२ छक्का र ६ चौका हिर्काएका थिए ।
उनलाई मार्लोन स्यामुयलले ३६ रन बनाउँदै साथ दिए ।

यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाएको थियो ।

भारतका लागि दिनेश कार्तिकले सर्वाधिक ४८ रनको योगदान दिए । त्यस्तै कप्तान विराट कोहली र रिशव पन्तले क्रमशः ३९ र ३८ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेरोम टेलर र केस्रिक विलियमले २–२ विकेट लिए ।- एजेन्सी

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget