Websoft University

www.radiomakalu.com || 021-522512


वर्षाले नदी किनारामा बढ्यो जोखिम


barsha badhi
काठमाडौंँ, असार २७ गते ।  नदीहरूमा पानीको सतह बढ्दै गएपछि प्राकृतिक विपत्ति आइलाग्न सक्ने भन्दै मौसमविद्हरूले सतर्क रहन आग्रह गरेका छन् ।   जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार देशैभर मौसम सक्रिय रहेकाले नदी तथा खोलामा पानीको बहाव बढेको छ ।  उहाँले पानीको बहाव बढ्दा तराईका विभिन्न क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको बताउनुभयो ।  सोमबार दिउँसो नारायणी नदीमा सबैभन्दा बढी पानीको बहाव रेकर्ड गरिएको छ ।  राप्ती र नारायणी नदीमा जोखिम तहमा पानीको सतह पुगेपछि सोमबार दिनभर विभागको वेबसाइटमा ‘वार्निङ बेल’ बजेको थियो ।  विभागका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा धादिङ क्षेत्रमा १८० मिलिमिटरभन्दा बढी पानी परेको छ र त्यसले नारायणी नदीको पानीको सतह जोखिम तहमा पुगेको विभागका महानिर्देशक डा. शर्माले बताउनुभयो ।
विभागले उच्च जोखिमका रहेका नदी प्रणाली आसपासका बासिन्दालाई मोबाइलमा बाढीको पूर्वसूचना प्रवाह गर्ने व्यवस्थासमेत मिलाएको छ ।  पानीको बहाव बढ्नसक्ने पूर्वसूचना ती नदी प्रणाली आसपासमा बस्ने बासिन्दाको मोबाइलमा दिइएको छ ।  उहाँले सूचनालाई आधार मानेर सुरक्षित स्थानमा जान आग्रहसमेत गर्नुभयो ।
विभागले मध्य पहाडी क्षेत्रमा धेरै पानी परेकाले ठूला नदीनाला मात्र नभई खहरेमा समेत बाढी बढ्नसक्ने भएकाले चुरे क्षेत्र र तराई क्षेत्र बढी जोखिममा पर्ने चेतावनी दिएको छ ।  त्यसैले ती स्थानमा सतर्कता अपनाउन पनि विभागले सुझाव दिएको छ ।
महानिर्देशक डा. शर्माले मध्य तराईको सप्तरीदेखि बारासम्म, नवलपरासीदेखि नेपालगन्जसम्मका क्षेत्रमा विगतदेखि नै डुबानको समस्या भएकाले यो क्षेत्रमा अझै बढी सतर्कता अपनाउनु जरुरी
रहेको बताउनुभयो ।  पूर्वाञ्चलका त्रियुगा, खाँडो, रातु, गागन, कमला, बाग्मती नदी तथा ससाना अन्य नदी वरिपरि जोखिम छ भने पश्चिमाञ्चल क्षेत्रमा तिनाउ, अरुण, विनय, वाणगङ्गा, झिन्झरी, डन्डुवा खोला वरिपरि जोखिम छ ।  
दुई/तीन दिन लगातार वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई/तीन दिनसम्म लगातार पानी पर्ने सम्भावना छ ।  गत शनिबार अघिदेखि पूर्वी नेपालतर्फ वर्षा बढी भए पनि शनिबारबाट काठमाडौँदेखि पश्चिमका भागमा बढी वर्षा भइरहेको छ ।  सोमबार विराटनगर र धनगढीमा धेरै वर्षा भएको थियो ।  विराटनगरमा ६५ मिलिमिटर, पोखरामा ४२ मिलिमिटर र धनगढीमा ५४ मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जानकारी दिएको छ ।
कोसी, कर्णाली र महाकाली जलाधार क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।  विभागले गृह मन्त्रालयलाई नदी किनारमा बस्ती, होटल, व्यवसाय तथा अन्य संरचनाको सुरक्षाको व्यवस्था मिलाउनसमेत आग्रह गरिसकेको छ ।
गत वर्ष बाढीपहिरोमा परी १२० जनाभन्दा बढीको ज्यान गएको थियो भने लाखौँ रुपैयाँबराबरको भौतिक संरचना क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  विभागले असार, साउन, भदौ र असोजभर वर्षा, बाढीको पूर्वजानकारी लिनका लागि निःशुल्क फोन नम्बर ११५५ को व्यवस्था मिलाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget