Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी हबल्दार रानालाई धन्यवाद मात्र दिएको छु: गृहमन्त्री शर्मा

'उचित समयमा उचित सम्मान गर्छु'



काठमाडौं, असार २७ गते  । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई १५ सय रुपैयाँसहित पुरस्कृत गरेको भन्ने समाचारको खण्डन गरेका छन् । महानगरीय प्रहरी प्रभागले गरेको सम्मानलाई गृहमन्त्रीले गरेको भनेर प्रचार गरिएकोमा शर्माले दुःख व्यक्त गरे ।

दुर्गाबहादुर रानाले तुलसीपुर उपमहानगरपालिकाको अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बमलाई तत्कालै सुरक्षित स्थानमा फ्याँकेर सम्भावित क्षति हुनबाट जोगाएका थिए । उनलाई टेलिफोन गरी मन्त्री शर्माले साहसिक कार्यको प्रशंसा गर्दै उचित सम्मान गर्ने बताएका थिए ।


तर, हबल्दार रानालाई जम्मा १५ सय रुपैयाँ दिएर सम्मान गरेको भनेर हल्ला फैलिरहेको बेला गृहमन्त्री शर्माले आफूले त्यसरी सम्मान नगरेको स्पष्ट पारेका हुन् । मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘उहाँ मलाई भेट्न आउनु भएको थियो । मैले चुनावमा राम्रो काम गरेको भनेर धन्यवाद मात्र दिएको हुँ । तर १५ सय रुपैयाँ दिएको भनेर भ्रम फैलाउने कोशिस गरिएको छ ।’

वास्तविकता के हो ?

हबल्दार राना मन्त्री शर्मालाई भेट्न सोमबार गृहमन्त्रालय पुगेका थिए । त्यहाँ भेटघाट सकेर उनी महानगरीय प्रहरी प्रभागले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी भएका थिए । प्रभागले रानीपोखरीस्थित कार्यालयमा चुनावमा साहसिक काम गर्ने प्रहरी कर्मचारीहरुको सम्मान कार्यक्रम राखेको थियो ।

सोही कार्यक्रममा प्रभागका निमित्त आयुक्त बमबहादुर भण्डारीले दुर्गाबहादुर रानासहित अर्का प्रहरी हवल्दार धनप्रसाद कुमाल र प्रहरी जवान दलबहादुर आलेलाई नगदसहित सम्मान गरेका थिए ।



सोही विषयलाई गृहमन्त्रीले नगदसहित सम्मान गरेको भन्दै हल्ला फैलाइएकोमा मन्त्री शर्माले दुःख व्यक्त गरे । उनले भने, ‘प्रभागले सम्मान गर्‍यो राम्रो भयो । मैले उचित समयमा उचित सम्मान गर्नेछु ।’

उनले आफ्नो फेसबुक पेजमार्फत् पनि भनेका छन्, ‘गृहमन्त्रीले रु.१५०० दियो भनी भ्रम छरेर उहाँको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।’

दुर्गाबहादुर रानाले तुलसीपुर उपमहानगरपालिका-३ स्थित आधारभुत बिद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थलबाट बाहिर फालि जनधनको क्षति हुनबाट बचाएका थिए ।

यसैगरी धनप्रसाद कुमाल र दल बहादुर आलेले ग्रामसभा उच्च मावि, धर्मस्थली मतदान केन्द्रमा मतपेटीका उठाई फाल्न खोज्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई मतपेटीकाको सुरक्षा गरेका थिए ।- अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget