Websoft University

www.radiomakalu.com || 021-522512


पोर्चुगललाई हराउँदै इंग्ल्याण्डलाई युरो अन्डर १९ को उपाधि



जर्जिया – पोर्चुगलमाथि २–१ को जीत निकाल्दै इंग्ल्याण्डले युरोपियन अन्डर १९ च्याम्पियन्सीपको उपाधिमा कब्जा जमाएको छ ।

यसअघि  प्रतियोगिताको दुईवटा फाइनलमा पुगेर पनि इंग्ल्याण्ड उपाधि हात पार्न असफल रहेको थियो ।

जर्जियामा भएको फाइनलमा एस्टन भिल्लाका एसाह सुलिमानले इंग्ल्याण्डको युवा टोलीलाई अग्रता दिलाएका थिए । तर, छ मिनेट पछि नै चेल्सीका युवा खेलाडी डुजोन स्टर्लिङले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा फर्किएको थियो ।

त्यसपछि म्यान्चेस्टर सिटीका लुकास नेमेचाले गोल गर्दै इंग्ल्याण्डलाई विजयी बनाएका थिए ।

फुलहामका तायो इडुनले दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि किथ डाउनिङको टोली अन्तिम ९ मिनेटका लागि १० खेलाडीमा सिमित भएको थियो ।

इंग्ल्याण्डको युवा टोलीले पछिल्लो दुई महिनामा जितेको यो तेस्रो उपाधि हो । यसअघि इंग्ल्याण्डले अन्डर २० विश्वकप र टोउलोन प्रतियोगिता जितेको थियो । गत महिना युरोपिन अन्डर २१ प्रतियोगितामा इंग्ल्याण्ड सेमिफाइनलमा जर्मनीसँग पेनाल्टीमा पराजित भएको थियो ।- एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget