Websoft University

www.radiomakalu.com || 021-522512


डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि



म्युनिख – बायर्न म्युनिखले आफ्नो ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप गरेको छ । प्रिसिजन खेलिने टेलिकम कपमा वेर्डर ब्रेमनलाई २–० ले हराउँदै बायर्नले उपाधिलाई रक्षा गरेको हो ।


ट्रफीभन्दा पनि खेलको आकर्षण भने नयाँ अनुबन्ध गरिएका खेलाडी हामेज रोड्रिग्वेज बनेका थिए । दुई वर्षे ऋण सम्झौतापछि उनी रियल म्याड्रिडबाट बायर्न आइपुगेका हुन् ।


खेलमा उनी चाँडै नै बायर्नको टोलीमा घुलमिल भइसकेको देखिएको थियो र उनले नम्बर १० को भूमिका कुशलताका साथ निभएका थिए ।


खेलमा थोमस मुलर र हुवान बर्नाटले गोल गर्दै बायर्नलाई विजयी बनाए ।


खेलमा अर्का नयाँ अनुबन्ध कोरेन्टिन टोलिसोले पनि डेब्यु गरे । लियोनबाट उनी ३ करोड ५० लाख पाउण्डमा बायर्न भित्रिएका हुन् ।- एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget