Websoft University

www.radiomakalu.com || 021-522512


कतारमाथि प्रतिबन्ध : उल्टो पर्दै साउदीको दाउ



दोहा – साउदी अरबले कतारमाथि आतंकवादी संगठनलाई बढावा दिएको आरोप लगाउँदै सबै कुटनीतिक सम्बन्ध समाप्त गरेको छ । तर, कतारमाथि भने यसको खासै धेरै असर परिरहेको देखिएको छैन ।


साउदी अरबसँगै युएई, बहराइन र इजिप्टले पनि कतारसँग कुटनीतिक सम्बन्ध ताडेका थिए । त्यसपछि यमन, लिविया र मालदिभ्सले पनि कतारसँग दुरी बनाएको थियो ।


साउदी अरबले कतारमाथि १२ शर्त मान्नका लागि भनेको थियो, जसमा आतंकी संगठनसँग सम्बन्ध समाप्त गर्नदेखि अल–जजिरा टिभी बन्द गर्नसम्मका शर्तहरु थिए ।


यद्यपि, कतारले कुनै पनि शर्त मान्न अस्वीकार गर्दै उसले आफूलाई आवश्यक वस्तु इरान र टर्कीबाट आयात गर्न शुरु गरेको थियो ।


जुन उद्देश्यका साथ अरब राष्ट्रहरुले कतारसँग सम्बन्ध विच्छेद गरेका थिए, त्यसको असर ठीक उल्टो देखिन थालेको विश्लेषकहरुको भनाई छ ।

इरान र टर्कीको साथ

कतारका २७ लाख जनताका लागि धेरैजसो जरुरी सामान आयतमा निर्भर छ । त्यहाँ ४० प्रतिशत खाध्य सामग्री साउदी अरबको सीमाबाट आउने गरेको थियो ।


तर, साउदीले सम्बन्ध विच्छेद गरेपछि टर्की र इरान कतारको सहयोगका लागि अघि बढेको छ । यसको कारण भनेको कतारसँग व्यापारबाट इरानलाई फाइदा हुनु र दोहा र तेहरानबीच कुटनीतिक सम्बन्ध राम्रो नहुनुलाई मानिन्छ ।


कतारका जर्जटाउन विश्वविद्यालयका प्रोफेसर रोरी मिलरका अनुसार कतारमाथि लगाइएको प्रतिबन्ध पुरै विफल बनेको छ । साउदी अरब र युएईले जुन गठबन्धन बनाएर खाडी क्षेत्रमा आफ्नो एकाधिकार बनाउने प्रयास गरेका थिए, त्यसमा उनीहरु असफल भएका छन् । ठीक उल्टो टर्कीले कतारसँग आफ्नो सम्बन्ध झन् बलियो बनाएको छ ।



स्थिति बढाई चढाई गरियो

यता, लण्डनको रोयल इन्टिच्युड अफ इन्टरनेसल अफेयर्समा अरब प्रायद्वीपका विशेषज्ञ पीटर सेलिसबरी भने पछिल्लो समय त्यहाँको स्थितिलाई बढाई–चढाई गरेर देखाइएको बताउँछन् ।


उनका अनुसार साउदीलाई आफ्नो योजनामा सोचेअनुसारको सफलता नमिले पनि कतार र इरान धेरै नजिक आए भन्ने कुरा पूर्ण सत्य होइन ।
कतार र इरानबीच जहिले पनि अविश्वासको वातावरण रहँदै आएको छ । यतिबेला इरानले एउटै मात्रै कारणले कतारलाई खाद्य सामग्री पठाइरहेको छ, त्यो हो खाडी क्षेत्रमा साउदी अरबको स्थितिलाई कमजोर बनाउनु ।


आतंकी संगठनमाथि लगाम


कतारमाथि तेर्साइएको एउटा प्रमुख शर्त हो मुस्लिम ब्रदरहुड, हमासलगायत अन्य इस्लामिक संगठन र इरानद्वारा समर्थित सैन्य संगठनहरुसँग सम्बन्ध तोड्नुपर्ने ।
रोरी मिलरका अनुसार कतारले आफ्नो स्वतन्त्रता र सम्प्रभूता बचाउन यी संगठनविरुद्ध धेरै कठोर कदम चाल्न सक्दैन । अमेरिका र कतारबीच हालै भएको आतंकवाद विरोधी सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।


दोस्रो योजनाको कमी


साउदी अरब, बहाराइन, इजिप्ट र युएईले उचित समयमा नयाँ कदम चाल्ने बताएका छन् । यद्यपि, मिलरको भनाई छ कि साउदी अरब गठबन्धनसँग कतारबारे कुनै प्लान बी छैन ।

तेलको माग


सेलिसबरीका अनुसार साउदी अरब र उनका साहयोगी राष्ट्रहरु कतारमाथि जारी प्रतिबन्धलाई निरन्तरता दिएर उसलाई आर्थिक रुपमा कमजोर बनाउने सोचिरहेका छन् । उता कतार आफ्नो प्राकृतिक तेल भण्डारलाई निर्यात गरेर आफ्नो जरुरत पूरा गरिरहेको छ ।


सेलिसबरीका अनुसार जबसम्म ग्यासको माग र त्यसको मूल्य बढिरहन्छ, कतारले आफ्नो मागहरु पूरा गर्न सक्नेछ । जसले गर्दा उसमाथि लगाएको प्रतिबन्ध पूर्ण रुपमा सफल हुनसक्दैन ।

बिबिसी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget