Websoft University

www.radiomakalu.com || 021-522512


चुनौतीसँग नडराउन गगनको सुझाव

चुनौतीसँग नडराउन गगनको सुझाव

विदाई कार्यक्रममा स्वाथ्यमन्त्री गगन थापा र राज्यमन्त्री तारामान गुरुङ । तस्बिर : रासस


काठमाडौं, जेठ २४ गते ।  स्वास्थ्यमन्त्री गगन थापाको मंगलबार बिदाइ गरिएको छ । बिदाइमा पार्टीनिकट कर्मचारीको भीड लाग्ने परम्परालाई तोड्दै मंगलबारको स्वास्थमन्त्री गगनको बिदाइमा फरक दृश्य देखियो । छोटो समयमै राम्रो काम गरेका गगनको बिदाइमा मन्त्रालयका कार्यालय सहायकदेखि विभिन्न अस्पतालका कर्मचारी उपस्थित भए ।
गगनको बिदाइमा कर्मचारीको ताँती लाग्यो । मन्त्रीको कार्यकक्ष खचाखच भएपछि कर्मचारीलाई बाहिरै लाइन लाग्नुपर्ने अवस्था आयो । यसअघिका मन्त्रीले काम गर्न लामो समय पाए पनि खासै उपलब्धि ननिस्कने र आफूखुसी काम गर्ने चलन स्थापित गरेको मन्त्रालयमा गगन फरक रूपमा प्रस्तुत हुँदा कर्मचारीमा खुसी र उहाँको छोटो समयमा बिदाइ गर्दा निरासका भाव झल्कियो ।
प्रायः मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीबीचको सम्बन्ध सौहाद्र्धपूर्ण भएको पाइँदैन । तर, छोटो समय मात्रै स्वास्थ्य राज्यमन्त्री बनेका तारामान गुरुङ गगनको बिदाइमा निरास देखिनुभयो । यसअघिका पत्रकार सम्मेलनमा गगन फेरि स्वास्थ्यमन्त्री बनेर आए मात्र उहाँले खनेका स्वास्थ्य सुधारका बाटा फराकिलो हुने जनाउँदै स्वास्थ्य राज्यमन्त्री गुरुङले मन्त्रालयलाई गगनको अभाव खड्किने बताउनुभयो ।
गगनको गतिमा हिँड्न धौ
स्वास्थ्यमन्त्री गगन थापाको बिदाइमा केही दिनमा आफैं पनि बिदाइ हुन लागेका र करिव ४० वर्ष स्वास्थ्य सेवामा बिताएका स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीमा पनि खुसी र दुःख दुवै भाव झल्किन्थ्यो । गगन र डा.उप्रेतीबीच पटकपटक असमति भएको खबर बाहिर आउने गरेको भए पनि उप्रेतीले बिदाइ कार्यक्रममा भन्नुभयो, 'मैले यत्रो वर्ष स्वास्थ्य क्षेत्रमा काम गरें तर मन्त्रीज्यूको गति समात्न धौ भएको पक्कै हो । उहाँको काम गर्ने शैली अति सिधा छ । उहाँका कारण स्वास्थ्य क्षेत्रको चर्चा र बहस भयो र काम पनि ।'
मन्त्रालय छाड्दा आफूले सुरु गरेका स्वास्थ्यका कार्यक्रम प्रणाली ओझेलमा पर्ने हुन् कि भन्ने चिन्तामा पर्नुभएका गगनले चुनौतीसँग नडराउन सबैलाई आग्रह गर्नुभयो । 'राम्रो काम गर्न डराउनुहुन्न । चुप लागेर बस्यो भने झन् क्षति हुन्छ । चुनौती सामना गर्न सके मात्र परिवर्तन हुन्छ', थापाले भन्नुभयो, 'यहाँ मैले एक जनाको गल्ती देखिनँ सिस्टमको गल्ती छ । त्यसैले सिस्टम सुधारका लागि सबै एकजुट हुनुपर्छ ।'
मन्त्री थापाले नेपालको स्वास्थ्य क्षेत्रमा हाल भएकै जनशक्तिबाट पनि धेरै राम्रा काम गर्न सकिने बताउनुभयो । त्यसका लागि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा जिम्मेवारी र गम्भीरता आउनुपर्ने उहाँको भनाइ थियो । हालसम्मका स्वास्थ्यमन्त्रीमा उमेरले कान्छ गगनका सल्लाहकार र सहयोगी झन् कान्छा थिए । ३०÷४० वर्ष स्वास्थ्य सेवामा बिताएका कर्मचारीसँग मिलेर काम गर्न उनीहरूलाई कठिन नभएको होइन । मन्त्रालयकी प्रमुख विशेषज्ञ र भावी स्वास्थ्यसचिवकी दावेदार डा.किरण रेग्मीले स्वास्थ्यमन्त्री थापाका कारण मन्त्रालयको छविमा सुधार आएको बताउनुभयो ।
'स्वास्थ्य प्राविधिक विषय भएकाले त्यसलाई बुझेर काम गर्ने क्षमता कमैमा हुन्छ । तर, मन्त्रीमा त्यो क्षमता भएकाले आज स्वास्थ्य विषयले जताततै चर्चा पाएको छ । यसअघिका मन्त्रीले गर्न सकेनन्', डा.रेग्मीले भन्नुभयो।
इतिहास कोरियो
स्वास्थ्य मन्त्रालयको छवि सुधारमा सहयोग गरेको भन्दै गगनको मन्त्रालयका कार्यालय सहयोगीदेखि माथिल्लोस्तरका कर्मचारीमा चर्चा चलेको छ । जुन मंगलबार उहाँको बिदाइ कार्यक्रम चलिरहँदा पनि त्यो सुनियो । 'हामीले यस्तो मन्त्री अहिलेसम्म देखेका थिएनौं । मन्त्री भएर पनि सामान्य कर्मचारीजस्तो व्यवहार गर्नुभयो उहाँले । काम पनि राम्रै गर्नुभयो । मन्त्रालयमा को कुन पार्टीको हो भन्ने पत्ता लागेपछि मात्रै कामको जिम्मा दिइन्थ्यो जुन बन्द भयो', मन्त्रालयमा लामो समय बिताका एक कर्मचारीले भने, 'इतिहासमै पहिलो पटक हो यस्तो भएको । फेरि डर थपिएको छ अब कस्ता मन्त्री आउने हुन् भन्नेमा ।'- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget