Websoft University

www.radiomakalu.com || 021-522512


'नेपाल-चीन सहकार्य अघि बढ्यो'


'नेपाल-चीन सहकार्य अघि बढ्यो'

उपप्रधानमन्त्री कृष्णबहादुर महरा र तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन चीले चीन-तिब्बत साँस्कृतिक मञ्चको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै । तस्बिर : रासस

काठमाडौं, जेठ २४ गते । नेपालका लागि चिनियाँ राजदूत यू होङ्ले 'बेल्ट एन्ड रोड' अवधारणाको फ्रेमवर्कभित्र रहेर नेपाल-चीनबीच सहकार्य अघि बढेको बताउनुभएको छ ।चिनियाँ तिब्बत सांस्कृतिक मञ्चले आयोजना गरेको एक समारोहमा चिनियाँ राजदूत होङ्ले नेपाल-चीन सम्बन्ध विगतदेखि नै सुमधुर रहेको र आगामी दिनमा थप विस्तार हुने बताउनुभयो ।
बेल्ट एन्ड रोड अवधारणामा नेपालले हस्ताक्षर गरेसँगै यसको कार्यान्वयनका लागि अघि बढ्ने तयारी हुँदै गर्दा नेपालमा सरकार परिवर्तन भएपछि चिनियाँ राजदूतको भनाइ आएको हो ।पुष्पकमल दाहाल नेतृत्वको निवर्तमान सरकारले एक महिनाअघि बेल्ट एन्ड रोड समझदारीपत्रमा चीनसँग हस्ताक्षर गरेको भए पनि त्यसको कार्यान्वयनमा जान नेपालले परियोजना छनोट गरी चीनलाई दिनुपर्ने हुन्छ । देउवा नेतृत्वको सरकारले उक्त समझदारीपत्रको मर्मअनुसार अघि बढ्छ कि बढ्दैन भन्ने चिन्ता चिनियाँ पक्षमा देखिएको छ ।
'नेपाल-चीनबीच गत महिना हस्ताक्षरित बेल्ट एन्ड रोड समझदारीपत्रको दायरामा रही राजनीतिक संवाद, भौतिक संरचना, कनेक्टिभिटी, निर्वाध व्यापार मौद्रिक वित्तीय सरलता र सांस्कृतिक आदानप्रदानलाई बढाई साझा विकास र साझा समृद्धिद्वारा दुई देशका जनताको जीवन सुखमय बनाउने कामलाई साकार पानुपर्छ', चीनियाँ राजदूत होङ्ले भन्नुभयो ।
राजदूत होङ्ले नेपालले तिब्बत र ताइवान मामिलामा लिएको नीतिको सराहना गर्नुभयो । 'नेपालले कहिल्यै पनि चीनविरोधी गतिविधि हुन दिएको छैन । यसप्रति हामी आभारी छौँ', उहाँले भन्नुभयो ।नेपाल गत महिना चिनियाँ अवधारणा बेल्ट एन्ड रोडको औपचारिक रूपमा सदस्य बनेको थियो । कार्यक्रममा निवर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महराले बेल्ट एन्ड रोड अवधारणामा हस्ताक्षर भएअनुसार चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 'नेपाल र चीनबीच सदियौँदेखि मित्रवत् सम्बन्ध रहँदै आएको छ । मुख्यतः चीनको स्वशाषित क्षेत्र तिब्बतसँग नेपालको सम्बन्ध छ', उहाँले भन्नुभयोे, 'भौगोलिक केही विकटता छन् ।
तर, नेपालले चीनको तीव्र विकास र समृद्धिबाट लाभ लिन सक्छ । चीनले आर्थिक विकास गर्नु नेपालका लागि पनि महत्वको विषय हो ।' महराले नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतका जनता विगतमा गरिबी, पछौटेपन र शोषणबाट प्रताडित भए पनि हालैका वर्षमा तिब्बतका जनताको जीवनस्तरमा उल्लेखनयी प्रगति भएको बताउनुभयो । नेपालका प्रत्येक जनताले चीनप्रति सद्भाव राख्ने गरेको बताउँदै उहाँले भन्नुभयो, 'चीनसँग प्रगाढ सम्बन्ध भएकोमा नेपाली जनता गर्व महसुस गर्छन् ।'
नेता नेपालले चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणाबाट श्रीलंका, पाकिस्तान र बंगलादेशले आर्थिक विकासमा लाभ लिएझैँ नेपालले पनि लाभ लिनुपर्ने बताउनुभयो ।कार्यक्रममा चाइना टिबेटोलोजी रिसर्च सेन्टरका डेपुटी डाइरेक्टर जनरल एन छियीले बेल्ट एन्ड रोड अवधारणामा हस्ताक्षर भएपछि नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो ।
उहाँले चीन र नेपालबीचको मैत्री सम्बन्ध सांस्कृतिक, व्यापार, पर्यटन, राजनीतिकलगायत क्षेत्रमा विस्तार हुँदै गएको बताउनुभयो । चीनका जनता र सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणमा हृदयदेखि सहयोग गरेको बताउनुभयो ।मंगलबार सुरु भएको चिनियाँ तिब्बत सांस्कृतिक मञ्चको कार्यक्रममा सहभागी हुन चीनबाट १७ जना विज्ञ नेपाल आएका छन् । नेपाल र चीनको तिब्बतको संस्कृति, कला, बौद्ध धर्म, व्यापारलगायत क्षेत्रमा भएको प्रगतिबारे मञ्चमा छलफल भइरहेको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget