Websoft University

www.radiomakalu.com || 021-522512


मैदानमै फुटबलरको निधन


मैदानमै फुटबलरको निधन
लन्डन : इङ्लिस प्रिमियर लिग क्लब न्यु क्यासल युनाइटेडका पूर्वफुटबलर एवं आइभरी कोस्टका मिडफिल्डर चेक टिजोटको अभ्यासका क्रममा निधन भएको छ । चिनियाँ क्लब बेइजिङ इन्टरप्राइज टोलीबाट मैदानमा प्रशिक्षण गर्दा गर्दै हृदयाघात भएपछि टिजोटको निधन भएको हो । ३० वर्षीय टिजोट चार महिनाअघि चिनियाँ क्लबमा आबद्ध भएका थिए ।
एजेन्ट इमानुयल पल्लाडिनोले हृदयाघातका कारण टिजोटको निधनको पुष्टि गरेका छन् । 'टिजोट अब हामीमाझ छैनन् । यस दुःखद् घडीमा पारिवारिक गोप्यतालाई कायम राख्दै थप केही भन्न चाहन्न । यस मुस्किल घडीमा परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु', पल्लाडिनोले भने । न्यु क्यासलका व्यवस्थापक राफेल बेनिटेजले पनि टिजोटको निधनमा दुःख व्यक्त गरेका छन् । 'उनको निधनको समाचारले मलाई निकै दुःख लागेको छ', बेनिटेजले न्यु क्यासलको वेबसाइटलाई भनेका छन् ।
निकै विपन्न परिवारमा जन्मिएका टिजोटले १५ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका थिए । प्रारम्भिक दिनमा उनीसँग फुटबल खेल्ने जुत्तासम्म थिएन् । उनी खाली खुट्टाले फुटबल खेल्थे । टिजोट सन् २०१० मा डच क्लब एफसी ट्वान्टीबाट न्यु क्यासलमा अनुबन्धित भएका थिए । उनले आइभरी कोस्टको राष्ट्रिय टोलीबाट ५२ खेल खेलेका छन् । उनी सन् २०१० र सन् २०१४ को विश्वकप टोलीमा पनि समावेश थिए । टिजोटले बेल्जियमको एन्डरलेच्ट, डच क्लब रोडा जेसी केरक्राडेबाट पनि व्यावसायिक फुटबल खेलेका थिए।
यसैबीच, टोट्टनहामका पूर्वकप्तान ग्यारी माबुटलाई पनि हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनको मुटुको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् । ५५ वर्षीय माबुटलाई छातीमा पीडा र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । मिडफिल्डर माबुटले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट १६ खेल खेलेका थिए ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget