Websoft University

www.radiomakalu.com || 021-522512


लण्डन हमलाको संदिग्धकी आमाले भनिन्, ‘छोरालाई इन्टरनेट र साथीले बिगारे’



जेठ २४ गते।   पछिल्लो पटक लण्डन हमलाका केही संदिग्धको पहिचान भएको छ । संदिग्धमा एक इटालियन जिहादी पनि समावेश थिए – युसुफ जाग्बा । युसुफकी आमा वलेरियाले घटनामा छोराको संलग्नता भएको थाहा पाएपछि छोरा नराम्रो संगतमा परेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो छोरालाई इन्टरनेट र उनका साथीहरुले बिगारेका हुन् । यो सबै नराम्रो संगतको प्रतिफल हो ।’

२२ वर्षीय जाग्बा जून ३ तारिखमा भएको आतंककारी हमलाका दोषी हुन् । उनकी आमा आफ्ना सन्तानले केही गलत गर्छन् भने त्यसले आमा–बुवालाई सधैं दुःख दिइरहने वलेरिया बताउँछिन् । उनी भन्छिन्, ‘हामी सधैं उनको साथीमाथि नजर राख्थ्यौं तर इन्टरनेटको सहायताले उनी नराम्रो संगतमा परे र यो समस्या आइलाग्यो । मलाई महसुस हुन थालेको थियो कि उनी राम्रो मानिसको संगतमा छैनन् ।’

स्मरण रहोस्, लण्डनमा शनिबार राती भएको हमलामा ७ जना मारिएका छन् जबकी थुप्रै घाइते भएका छन् । हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget