Websoft University

www.radiomakalu.com || 021-522512


मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो



काठमाडौं, जेठ २६ गते ।  । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई एक शून्य गोलले पराजित गरेको छ ।


अष्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा सम्पन्न खेलको पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । डिफेण्डर ग्याब्रियल मेर्काडोले गरेको त्यस गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

सुपरस्टार नेइमारबिना प्रतिस्पर्धामा उत्रिएको ब्राजिलले लियोनल मेस्सीको टिम अर्जेन्टिनासामू बलियो चुनौति पेश गर्न सकेन । तर खेलको अन्त्यतिर म्यान्चेस्टर सिटीका स्ट्राइकर ग्याब्रियल जेससले अर्जेन्टाइन गोलरक्षक सर्जियो रोमेरो विट भइसकेको अवस्थामा गोल गर्न सकेनन् र ब्राजिलले बराबरी गर्ने अवसर गुमायो ।

एडगार्डो बाउजालाई बर्खास्त गर्दै स्पेनिस क्लव सेभियाका प्रशिक्षक जर्ज साम्पाओलीलाई नियुक्त गरेको अर्जेन्टिनाले त्यसपछिको पहिलो खेलमै जित हासिल गरेको छ ।

फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटमा अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको अर्जेन्टिनाका लागि यो जित हौसला बटुल्ने माध्यम बनेको छ ।

१० टोली सम्मिलित विश्वकप दक्षिण अमेरिकी छनौटमा अर्जेन्टिना २२ अंकसहित पाचौं स्थानमा छ । चार खेल बाँकी रहँदा अर्जेन्टिनासामू विश्वकपमा छनौट हुन बाँकी सबै खेल महत्वपूर्ण छ । उसले आगामी अगष्ट ३१ मा उरुग्वेसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । यता ब्राजिल भने विश्वकपमा छनौट भइसकेको छ ।- अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget