Websoft University

www.radiomakalu.com || 021-522512


चुनावलाई लक्षित गर्दै निगममा १५ वर्ष यताकै बढी तेल मौज्दात



काठमाडौं,  जेठ २६ गते । । नेपाल आयल निगमले १५ वर्षमै पहिलोपटक सबैभन्दा धेरै तेल भण्डारण गरेको छ । आयल निगमले तराई क्षेत्र लक्षित गरेर आगामीअसार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावलाई ध्यानमा राख्दै एकैपटक १५ वर्ष यताकै उच्च परिणामको तेल भण्डारण गरेको हो ।

चुनावी बन्दोबस्तीका लागि तेलको माग बढ्ने र केही समय सीमा नाका बन्द हुने भएकाले तेलको माग थेग्न सक्नेगरी भण्डारणलाई उच्च बनाइएको निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले अनलाइनखबरलाई बताए ।



अहिले निगमका सबै डिपोमा गरेर ५० हजार किलोलिटर अर्थात ५० लाख लिटर तेल भण्डारण गरिएको पोखरेलले बताए ।

शुक्रबारसम्म निगमले २ हजार ५ सय ७२ किलोलिटर पेट्रोल माैज्दात (स्टक) मा राखेको छ । त्यसैगरी निगमका विभिन्न डिपोमा गरेर ३७ हजार ८ सय ३० किलोलिटर डिजेल पनि अहिले स्टकमा रहेको उनले बताए ।

निगममा २ हजार ५ सय ९५ किलोलिटर मटितेल र ७ हजार १० किलोलिटर हवाइ इन्धन स्टकमा छ ।

पोखरेलका अनुसार बिारटनगरमा ७ हजार ५ सय ६० किलोलिटर तेल मौज्दातमा छ भने काठमाडौंमा १५ हजार ९ सय ९६ लिटर तेलको स्टक छ ।

अमलेखगञ्जमा १७ हजार ५ सय ३२ किलोलिटर तेल स्टकमा रहँदा भैरहवामा २ हजार ९ सय र पोखरमा २ हजार १ सय किलोलिटर तेल भण्डारण गरेर राखिएको छ ।

नेपालगञ्जमा १ हजार ९ सय र धनगढीमा १ हजार ६ सय किलोलिटर तेल मौज्दातमा छ । निगमले सबै क्षेत्रमा आवश्यक पर्ने तेलको भण्डारण गरिसकेको र नियमति आपूर्तिलाई पनि सहज गराइराखेको पोखरेलले बताए ।

‘यो समयमा हामी भोलि पर्नसक्ने अप्ठोरो अवस्थमा बारेमा सचेत छौं । हामी आफ्नो भण्डारण क्षमतालाई भरपूर उपयोग गरेर तेलको आपूर्तिलाई सहज गराइराख्न प्रयत्नशील छौं’ पोखरेलले भने ।

निगमसँग अहिले ३ अर्ब ८४ करोड मूल्य बराबरको तेल मौज्दातमा छ ।

कहाँ कति कति छ तेल स्टक ?
रबिन्द्र घिमिरे,अनलाइनखबर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget