Websoft University

www.radiomakalu.com || 021-522512


चीन भारत सम्बन्ध पारस्पारिक विश्वासमा आधारित–चिनियाँ राष्ट्रपति

pm-modi-xi-jinping-reuters_650x400_81472976341

कजाकिस्तान, जेठ २६ गते । चीन र भारतबीचको सम्बन्ध आपसी सहयोग र साझेदारितामा आधारित हुनुपर्नेमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले जोड दिनुभएको छ ।

कजाकिस्तानको अस्तानामा शुक्रबार चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको द्विपक्षीय वार्तापछि राष्ट्रपति सिले यो धारणा राख्नुभएको हो ।

विश्वका दुई ठूला विकासशील देश भारत र चीनले आपसी सहयोग, समन्वय र साझेदारिताका आधारमा अघि बढ्ने विश्वास सो भेटमा व्यक्त गरेको समाचारमा जनाइएको छ ।

कजाकिस्तानको अस्तानामा सुरु भएको साङ्घाई कोअपरेशन अर्गनाइजेसनको १७औँ सम्मेलनमा सहभागी हुन त्यहाँ रहनुभएका नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको हो ।

सो भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले भारतसँग मिलेर काम गर्न, थप लगानीको दायरा बढाउन र राजनीतिक विश्वासको वातावरण थप बढाउन आफू तयार रहेको बताउनुभएको हो ।

ती बैठकमा चिनियाँ राष्ट्रपतिले चीनले थप राजनीतिक विश्वासको वातावरण निर्माण गर्न, थप उच्चस्तरीय सहयोग र साझेदारिताका क्षेत्रहरुको पहिचान गर्न तथा व्यापार र लगानीका अवसरहरु खोज्न पनि आग्रह गर्नुभएको थियो ।

उहाँले भारतसँग विकासका प्रयासलाई दुई देशले एकसाथ अघि बढाउन र क्षेत्रीय सडक सञ्जालको विकास गर्न आवश्यक पहल सुरु गर्नुपर्नेमा पनि सो भेटमा जोड दिनुभएको थियो ।

उक्त सम्मेलनमा सहभागिताका लागि विश्वका अरु देशका पनि सरकार तथा राज्य प्रमुखहरु अस्तानमा जम्मा हुनुभएको छ । रासस/सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget