Websoft University

www.radiomakalu.com || 021-522512


मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा

मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा
फाइल फोटो


विराटनगर, जेठ २६ गते ।   प्रदेश नं-१ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन्।
दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक नगर्दा सर्वसाधारण मतदातालाई कतै पुनः निर्वाचनको तिथि सारिने हो की चर्चाका कारण थप अलमलमा परेका हुन्।
नेकपा (माओवादी केन्द्र) ले विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १९ वटै वडाका अध्यक्ष र सदस्यका नाम सार्वजनिक गरिसकेका छन् भने नेपाली काँग्रेस, नेकपा (एमाले) सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक नेपाल, राप्रपालगायतका दलले अधिकारिक रुपमा उम्मेदवारको टुङ्गो लगाएको छैन्
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि काँग्रेसबाट सांसद अमृत अर्याल, विश्वनाथ रिजाल, भीम पराजुली र डिला सङ्ग्रोलाको नाम चर्चामा छन् भने नेकपा (एमाले) बाट पूर्वमन्त्री लालबाबु पण्डित, पार्टीका जिल्ला अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मीलगायतका नाम चर्चामा छन् ।
त्यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा राप्रपाबाट पूर्व नगरप्रमुख प्रह्लाद साहको नाम जिल्लाबाट सिफारिस भएको छ भने सङ्घीय समाजवादी फोरम नेपालबाट जयराम यादव, भुराज राई र उमेश यादवको नाम चर्चामा छन् ।
यस्तै लोकतान्त्रिक फोरम नेपालबाट भविस श्रेष्ठको नाम अघि सारिएको बताइएको छ । विराटनगर महानगरपालिकामा फोरम लोकतान्त्रिक र सङ्घीय समाजवादीबीच तालमेलको सम्भावना रहेको सङ्घीय फोरम नेपालका कार्यकर्ता देवेन्द्र यादवले जानकारी गराउनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) पनि निर्वाचनमा सहभागी भएमा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताको बुझाइ छ । विराटनगर महानगरपालिकामा मुख्य राजनीतिक दलका साथै मधेस केन्द्रित दलको पनि राम्रो पकड रहेकाले यस महानगरपालिकाको निर्वाचनको परिणाम बढी रोचक हुने राजनीतिक विश्लेषकहरुले अनुमान छन्।
यसैबीच, विभिन्न राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसारलाई व्यापक रुपमा तीव्रता दिएका छन् । पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर दलका प्रतिनिधिले सर्वसाधारण मतदाताको घरदैलो पुग्ने कार्यमा खटिएका छन्। मतदाताहरुलाई आकर्षित पार्नका लागि विभिन्न दलले विराटनगर बजारमा मोटरसाइकल ¥यालीसमेत निकाल्ने गरेका छन्। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget