Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेसका अधिकांश उम्मेदवार टुङ्गो लागे


nc
काठमाडौँ, जेठ २७ गते ।  नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ बाहेक अन्यत्रका अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको छ ।  पार्टी कार्यालय सानेपामा केही दिनयता निरन्तर बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारी टुङ्गो लगाउन थालेको हो ।
काँग्रेसले प्रदेश नम्वर १ मा सोलु र मोरङबाहेक अन्य स्थानमा उम्मेदवार टुङ्गो लगाएको छ भने प्रदेश नम्बर पाँचअन्र्तगत दाङको केही स्थान र प्रदेश नम्बर ७ को कञ्चनपुरका केही स्थानबाहेक अन्यत्र उम्मेदवार टुङ्गो लागेको छ ।
एकै स्थानमा धेरै उम्मेदवारका आकाङ्क्षी रहेपछि पार्टी नेतृत्वलाई उम्मेदवार चयन गर्न भने कठिन भएको छ ।  शुक्रबारको बैठकले ५ नम्बर प्रवेशको लागि पनि धेरै उम्मेदवारको टुङ्गो लगाएको छ ।  २ नम्बर प्रदेशका लागि भने स्थानीय तहबाट सम्पूर्ण नामावली पार्टीमा आइपुगेको छैन ।
प्राप्त नामावली मध्येबाट उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।  अब केही स्थानका लागि मात्र उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको र सकेसम्म छिटो टुङ्गाइने उहाँले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget