Websoft University

www.radiomakalu.com || 021-522512


वर्षा भए पनि सुरु भएन मनसुन

ranning fall

काठमाडौँ, जेठ २७ गते ।  देशभर शुक्रबार सामान्य वर्षा भए पनि मनसुन भने अझै सुरु हुन सकेको छैन ।  यसपहिले शुक्रबार अर्थात् जुन ९ तारिखमै नेपाली सीमा क्षेत्रमा मनसुन सक्रिय हुने अपेक्षा जल तथा मौसम विज्ञान विभागले गरेको थियो ।
शुक्रबार देशभर वर्षा त भएको छ तर यो मनसुनी वायुको प्रभावबाट भएको वर्षा होइन, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बताउनुभयो ।  उहाँले भन्नुभयो, नेपालमा अझै पश्चिमी वायुको प्रभाव कमजोर नभएका कारण मनसुनी वायुले प्रभाव जमाउन सकेको छैन ।  नेपालमा मनसुन सामान्यतया जुन १० देखि सुरु हुन्छ ।
उहाँले पश्चिमी वायु कमजोर भएपछि पूर्वी दिशाबाट मनसुनी वायु प्रवेश गर्ने जानकारी दिनुभयो ।  तर आज, भोलि नै त्यो वातावरण बनेको देखिँदैन, यस कारण मनसुनी वायु नेपाल प्रवेश गर्न अझै दुई÷तीन दिन लाग्न सक्ने देखिएको छ, उहाँले भन्नुभयो ।
पाँच दिनअघि बङ्गालको खाडीबाट उठेको मनसुनी वायु भुटानको आकाशमा रुमलिएर बसेपछि जुन १० मै नेपालमा मनसुन सक्रिय हुन्छ कि भन्ने सम्भावना टरेर गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् सुजन सुवेदीले भन्नुभयो, मनसुन सक्रिय भइनसकेकाले हामीले शुक्रबारबाट मनसुन घोषणा गर्न सकेनौँ ।
विभागका महानिर्देशक डा. शर्माले भुटानको आकाशमा रुमलिएको मनसुनी वायु नेपालतर्फ बहेपछि आइपुग्न भने धेरै समय नलाग्ने बताउनुभयो ।  शुक्रबार पश्चिम नेपालमा पश्चिमी वायुका कारणले धेरै ठाउँमा वर्षा भएको छ भने पूर्वी नेपालका पहाडी क्षेत्रमा समेत शुक्रबार दिनभर बदली भई अधिकांश ठाउँमा पानी परेको विभागले जानकारी दिएको छ ।  यस पटक नेपालको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगमा निरन्तर वर्षा भइरहेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget