Websoft University

www.radiomakalu.com || 021-522512


गर्मीमा कसरी पर्फ्यूम लगाउने ? यस्तो छ काइदा




अक्सर कुनै पार्टी वा समारोहमा जानु परे हामी स्वंमलाई ताजा महसुष गराउने परफ्युम प्रयोग गर्छौं ।


भनिरहनु परेन, परफ्युमले शरीरलाई सुगन्धित तुल्याउँछ । साथसाथै, शरीरबाट निस्कने पसिनालगायतको दुगन्धलाई पनि हटाइदिन्छ । गर्मी याममा परफ्युमको प्रयोग बढ्नुको कारण पनि त्यही हो ।

गर्मीमा त्यस्ता परफ्युम लगाइन्छ, जसले ताजा महसुष गराउँछ । तर, हामीले लगाएको परफ्युम कहिले तिख्खर हुन्छ, जो अरुलाई मन पर्दैन । कहिले कहिं चाहि चाडै त्यसको सुगन्ध हराउँछ । कसरी परफ्युम प्रयोग गर्ने त ? यस्तो छ सहि तरिका ।

जान्नैपर्ने कुरा

बजारमा अनेकथरीका परफ्युम उपलब्ध छन्, सस्तोदेखि महंगोसम्म । ब्रान्डमा उत्तिकै विविधता छ । त्यस्तै फ्लेबर पनि उपभोक्ताको रोजाइ अनुसार नै पाइन्छ ।

तर, जथाभावी पाइने सस्तो मूल्यको परफ्युम त्यती प्रभावकारी हुँदैन । सुगन्ध र टिकाउका हिसावले त्यती राम्रो हुँदैन । त्यसैले राम्रो ब्रान्डको परफ्युम नै प्रयोग गर्नु उपयुक्त हो ।

सावधानी

परफ्युमले कतिलाई छालाको एलर्जी हुन्छ । स्वासप्रश्वास सम्बन्धी रोग भएकाहरुलाई पनि परफ्युमको बास्ना त्यती अनुकुल नहुन सक्छ ।

केहि टिप्स

– परफ्युमलाई कहिलेपनि कपडा माथिबाट लगाउनु हुँदैन । यसरी प्रयोग गर्दा कपडा खराब हुन्छ । साथसाथै, त्यसको सुगन्ध पनि लामो समय रहन पाउँदैन ।

– परफ्युम खरिद गरेको बेला त्यसको ढक्कन सुँघेर नै खरिद गर्नुपर्छ । यसको सुगन्ध कस्तो छ भनेर थाहा पाउनका लागि हत्केलाको उल्टोतिर थोरै स्प्रे गर्नुपर्छ र जाँच गर्नुपर्छ । यस विधिबाट परफ्युमको असली सुगन्ध थाहा पाउन सकिन्छ ।
लामो समयसम्म परफ्युमको सुगन्ध टिकाइरहनुका लागि यसलाई आफ्नो गर्दनमा प्रयोग गर्न सकिन्छ ।

– परफ्युमलाई प्रयोग गरिसकेपछि त्यसलाई चिसो स्थानमा राख्नुहोस् । भनिन्छ, घाम भएको वा ओसिलो स्थानमा परफ्युम राख्दा त्यसको सुगन्ध कम हुन्छ ।

– परफ्युम पनि केटा तथा केटीका लागि भिन्न भिन्नै प्रकृतिका हुन्छन् । खासगरी महिलाको लागि फूलको सुगन्ध भएको परफ्युम उपयोगी हुन्छ ।

– यस्तो परफ्युम सहि हुन्छ, जसको सुगन्धमा ताजगी तथा मादकताको मिश्रण होस् ।

– पुदिना, गुलाब र कमलको सुगन्ध प्रयोग गरिएको परफ्युम सहि हुन्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget