Websoft University

www.radiomakalu.com || 021-522512


अन्ततः शेरबहादुर देउवालाई कमल थापाको समर्थन




काठमाडौं,जेठ २१ गते   । राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरमा आइतबार दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो ।


उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गराएका छन् ।

देउवा सरकारलाई समर्थन गर्नेबारे राप्रपामा कुनै विवाद नरहेको र सर्वसम्मत रुपमा देउवा सरकारलाई समर्थन जनाउने निश्कर्ष निकालिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिखत पत्र पठाएर राप्रपालाई सरकारमा रहभागी हुन आग्रह गरेका थिए ।

स्रोतका अनुसार राप्रपालाई चारवटा मन्त्रालय दिने देउवाले आश्वासन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget