Websoft University

www.radiomakalu.com || 021-522512


खेलकुद अस्पताल र विश्वविद्यालय बनाउने निर्णय


खेलकुद अस्पताल र विश्वविद्यालय बनाउने निर्णय


बाेर्ड बैठकपछि सामूहिक तस्बिर खिचाउँदै राखेपका पदाधिकारी । तस्बिर साैजन्य राखेप

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०८ औं बोर्ड बैठकले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको छ । गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।
त्यत्ति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा शनिबारको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो । यदि नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ को बाँके र दाङमा गर्ने निर्णय गरेको छ ।
खेलाडी विशेष सुविधा कार्यविधि- २०७३ का सम्बन्धमा सम्बद्ध पक्षसंग सहमति लिइ कार्यान्वयन गर्न प्रकृया अगाडि बढाउने तथा राखेपको केन्द्र, प्रदेश र स्थानिय तहको संगठन संरचना तथा व्यवस्थापन तालिका- २०७४ लाई पुनारोवोलन गरी मन्त्रालयमा पठाउने निर्णय भएको छ । बैठकले राखेपका नवनियुक्त सदस्यद्वय अर्जुनबहादुर केसी र सुदिल शाहीलाई स्वागत र बधाइज्ञापन गर्दै निवर्तमान सदस्यद्वय शिवबहादुर बस्नेत र नारायणप्रसाद पौडेललाई आफ्नो कार्यकालमा पुर्‍याएको योगदान प्रति धन्यवाद प्रस्ताव पारित गरेको थियो ।
यसैगरी वैठकले सातौं राष्ट्रिय खेलकुद आयोजनाको प्रगति समीक्षा सम्बन्धको आर्थिक पक्षमा १५ दिन भित्र पेश्की फस्र्यौट गराई खर्चको विवरण पेश गर्ने, नपुग रकम माग गर्ने र लामो समयदेखि रोकिएको कर्मचारीको पदपूर्ति र बढुवा प्रकृयालाई कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget