Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय प्रधानमन्त्रीद्वारा लन्डन आक्रमणको निन्दा


भारतीय प्रधानमन्त्रीद्वारा लन्डन आक्रमणको निन्दा
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लन्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणको निन्दा गर्नुभएको छ । सिन्हवा समाचार समितिका अनुसार यस आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका थिए । लन्डनमा भएको यस घृणाजनक कार्यको हाम्री निन्दा गछौँ’ यस आक्रमणमा ज्यान गुमाएका दिवङ्गत आत्माको चिरशान्ति र घाइतेलाई छिटै स्वास्थ्य लाभको कामना गर्दछाँै’ मोदी आफ्नो ट्वीटरमार्फत लेख्नु भएको छ ।

लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबीरुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या छ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

गत २२ मे साँझमा आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते थिए । यस भीषण घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः लण्डनमा भएको आतङ्ककारी आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्य कैयौँ नेताले निन्दा गरेका छन् । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget