Websoft University

www.radiomakalu.com || 021-522512


देउवा सरकारमा अर्थ कांग्रेसलाई, गृह मन्त्रालय माओवादीलाई



काठमाडौं, जेठ १८ गते  । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने नयाँ सरकारमा गृह मन्त्रालय माओवादी केन्द्रले लिने भएको छ । अर्थ मन्त्रालय कांग्रेसले राख्नेछ भने अन्य मन्त्रालयको भागवण्डा हुन बाँकी छ ।


सम्भवतः आज बिहीबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गर्नेछिन् । लगत्तै संसदले आफ्नो प्रक्रिया थाल्नेछ ।

यदि भरतपुर काण्डलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेर भने २१ गतेसम्म प्रधानमन्त्रीको चुनाव गरिसक्ने सत्तारुढ दलको तयारी छ ।

माओवादीले पूर्वसहमति अनुसार प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने बताइसकेको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि देउवा सरकारमा रहनेछ भने राप्रपा सकारात्मक देखिएको छ ।

मन्त्रालय भागवण्डाबारे भने सहमति जुट्न बाँकी छ । तर, गृह माओवादीले र अर्थ कांग्रेसले राख्ने पूर्व सहमति कार्यान्वयन हुने नेताहरुले बताएका छन् ।

कांग्रेस नेता रमेश लेखकले अर्थ र गृहबारे सहमति भइसकेको अनलाइनखबरलाई बताए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अर्थ प्रधानमन्त्रीको दलले र गृह प्रमुख सत्ता साझेदार दलले लिने पूर्व सहमति नै भएको बताए ।

प्रचण्ड सरकारमा अर्थ मन्त्रालय माओवादीले राखेको थियो भने गृह कांग्रेसले पाएको थियो ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget