Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानन्यायाधिश नियुक्तिमा राजनीतिक चलखेल सुरु

प्रधानन्यायाधिश नियुक्तिमा राजनीतिक चलखेल सुरु
फाइल तस्बिर


काठमाडौं, जेठ १८ गते  ।    दलीय आधारमा धुर्वीकृत सर्वोच्च अदालतमा भावी प्रधानन्यायाधिश नियुक्तिलाई लिएर चलखेल सुरु भएको छ । जेठ २४ गते उमेर हदका कारण अवकाश लिन लाग्नुभएका प्रधानन्यायाधिश सुशीला कार्कीपछि वरिष्ठता र परम्पराका आधारमा गोपाल पराजुलीको पात्रता निर्विवाद भएपनि बुधबार उहाँको ‘शैक्षिक योग्यता र उमेर' मा प्रश्न गर्दै सर्वोच्चमा रिट परेको छ ।
सर्वोच्चमा परेको सार्वजनिक चासोको रिट र सर्वोच्च नेतृत्वले त्यसलाई लिएको अत्याधिक प्राथमिकताले अदालतमा राजनीति प्रवेश गरेको पुष्टी गरेको छ ।
बुधबार राति नै प्रधानन्यायाधिश सुशीला कार्कीको निवासमा पराजुलीलाई कसरी रोक्ने भनी रणनीति तयार गर्न दुईजना पूर्व प्रधानन्यायधिश र प्रधानन्यायधिश कार्की नजिक मानिएका सात जना न्यायाधिश उपस्थित भएको थाहा भएको छ ।
आज बिहीबार सुनुवाईको लागि राखिएको उक्त मुद्वाको इजलासमा प्रधानन्यायाधिश कार्कीको निवासमा रात्री बैठकमा एकत्रित न्यायधिशहरु नयाँ प्रधानन्यायाधिश नियुक्तिको क्रम र परम्परा प्रभावित हुने अड्कल बाजी न्यायक्षेत्रले गरेको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget