Websoft University

www.radiomakalu.com || 021-522512


नेवानि र कर्मचारी सञ्चयकोषबीच ऋण प्रवाह सम्झौता

नेवानि र कर्मचारी सञ्चयकोषबीच ऋण प्रवाह सम्झौता

काठमाडौं , जेठ २९ गते ।  नेपाल वायुसेवा निगम र कर्मचारी सञ्चयकोषबीच आइतबार ऋण प्रवाह सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पन्ध्र वर्षका लागि नौ प्रतिशत ब्याजदरमा १२ अर्ब रुपैयाँ सञ्चयकोषले नेपाल वायुसेवा निगमलाई ऋण दिने भएको हो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार वाइडबडी जहाज खरिदका लागि नेपाल सरकारको जमानतमा सञ्चयकोषसँग १२ अर्बको ऋण सम्झौता भएको हो ।
यसैगरी निगमले सोमबार नागरिक लगानी कोषसँग पनि १२ अर्बकै ऋण सम्झौता गर्दैछ । निगमले २०७५ जेठभित्र दुईवटा वाइडबडी जहाज खरिदका लागि अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरिसकेको छ । निगमले खरिद सम्झौता सँगसँगै पहिलो किस्ताबापतको करिब ३५ प्रतिशत रकम यही महिनाभित्र भुक्तान गर्दैछ । यसअघि निगमले बैनाबापत पौने ११ करोड एएआरलाई बुझाइसकेको छ ।
निगमले ल्याउने जहाज २८० सिट क्षमताको हुनेछ । वाइडबडी जहाज आएसँगै युरोप र अमेरिकामा पनि सिधै उडान गर्ने योजना निगमले बनाएको छ । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी जहाज र एउटा बोइङ छ । सरकारले निगमलाई माथि उकास्न रणनीतिक साजेदार भित्याउने प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget