Websoft University

www.radiomakalu.com || 021-522512


एसियन प्रिमियर लिग क्रिकेट नेपालमा

एसियन प्रिमियर लिग क्रिकेट नेपालमा

एसियाका ६ वटा देशको सहभागिता रहने एसियन प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिता आगामी असार ५ गतेदेखि नेपालमा आयोजना हुने भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डीगढ पञ्जाब (भारत) को आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोलीको सहभागिता रहनेछ ।
लिग चरणको खेलपछि चारवटा टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेलिनेछन् । प्रतियोगिताको विजेताले ४० लाख, उपविजेताले १६ लाख र तेस्रो हुने टोलीले आठ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न देशका उदीयमान खेलाडीलाई अवसर प्रदान गर्न र क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकले आइतबार एक कार्यक्रमबीच प्रिमियर लिगको ट्रफी पनि सार्वजनिक गरेको छ । सहभागी टोली र कप्तानको नाम पनि चयन गरिएको छ । नेपाल स्टर्मको कप्तान स्वप्नील पटेल, इन्डियन स्टार्सको कप्तान तिलकरत्ने दिल्सान, श्रीलंकन लायन्सको कप्तान परभिज माहरुफ, बंगलादेश टाइगर्सको कप्तान अल अमिन होसेन, दुबई वारियार्सको कप्तान अब्दुल सकुर र अफगानिस्तान बुल्सको कप्तान राना नाभिद अल हुसेन रहने छन् । प्रतियोगिताका लागि अन्य खेलाडी अक्सनबाट लिइने बताइएको छ । प्रतियोगितामा दक्षिण एसियाका कुनै पनि देशका खेलाडीले भाग लिन पाउनेछन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget