Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री पदका लागि देउवाको मात्रै उम्मेदवारी दर्ता


प्रधानमन्त्री पदका लागि देउवाको मात्रै उम्मेदवारी दर्ता
काठमाडौ, जेठ २० गते ।प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउने समय सकिएको छ । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको थियो । संसद सचिवालयको कार्यतालिका अनुसार आइतवार संसदमा प्रधानमन्त्रीका लागि निर्वाचन हुनु पर्ने हो ।

सचिवालयले निर्धारण गरेको समयावधिमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेदवारी दर्ता नै गराएन ।

‘अहिले संसद अवरुद्ध छ । प्रधानमन्त्रीको निर्वाचन गराउने संसदमा हो । अवरुद्ध संसदमा कसरी प्रधानमन्त्री निर्वाचित गराउने ?’ एमाले उपमहासचिव घनश्याम भुसालले अन्नपूर्णसँग भन्नुभयो ‘प्रधानमन्त्री निर्वाचनमा भाग लिने ठाउँ नै छैन ।’

एमालेसहितको विपक्षी गठबन्धनले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थियो तर पराजित हुने निर्वाचनमा आफूले उम्मेदवारी नदिने अडान गौतमले लिनु भएको थियो ।

भरतपुरमा पुन मतगणना गराउने निर्वाचन आयोगको निर्णय प्रति रुष्ट भएको एमालेले आइतवार पनि संसद सञ्चालन हुन दिने संकेत दिएको छैन ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget