Websoft University

www.radiomakalu.com || 021-522512


संसद् अवरोध गर्ने एमाले तयारी


UML-party-office
काठमाडौँ, जेठ २१ गते ।  नेकपा (एमाले)ले व्यवस्थापिका–संसद््मा आइतबार हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटी बैठकले अहिलेको सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमालेबाट चुनावमा प्रधानमन्त्रीको उम्मेदवार खडा नगर्ने निर्णय गरेको हो ।
एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा एमाले सहभागी नहुने निर्णय भएको जानकारी दिनुभयो ।  अहिले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया मुलुकको प्रचलित संसद्ीय परम्परा तथा अभ्यास विपरीत रहेको ठहर गर्दै बैठकले प्रक्रियामा सहभागी नहुने तथा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको नेता पोखरेलले बताउनुभयो ।
‘यसअघि प्रधानमन्त्री निर्वाचनको क्रममा निर्वाचन प्रक्रिया अगाडि बढाउन पहिला राष्ट्रपति कार्यालयको पत्र संसद््मा टेबल गरिन्थ्यो, संसद््ले निर्वाचनको मिति र तालिका तोकेपछि बल्ल निर्वाचन प्रक्रिया अगाडि बढाइन्थ्यो, तर यसपालि त्यसो गरिएन, त्यसै कारण एमालेले त्रुटिपूर्ण निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो” उहाँले स्पष्ट पार्नुभयो ।  व्यवस्थापिका–संसद्् अवरोध रहेकै अवस्थामा प्रधानमन्त्री निर्वाचन प्रक्रिया अगाडि बढाउनु खेदजनक भएको बताउँदै उहाँले प्रधानमन्त्रीको निर्वाचनबारे एमालेलाई कुनै औपचारिक जानकारी नभएको बताउनुभयो ।
संसद्मा राष्ट्रपतिको पत्र टेबल नभएसम्म प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने स्पष्ट पार्दै उहाँले संसद्को अवरोध खुलेकै छैन, त्यसैले आइतबार संसद् चल्न सक्दैन, उहाँले भन्नुभयो ।
भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको एमालेको अवरोधकै बीच व्यवस्थापिका–संसद्ले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।  त्यसैगरी, बैठकले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयलाई दुर्भाग्यपूर्ण र अवैधानिक भन्दै आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको जानकारी नेता पोखरेलले दिनुभयो ।  उहाँका अनुसार, बैठकले आयोगको निर्णयलाई प्रतिवाद गर्ने तथा कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget