Websoft University

www.radiomakalu.com || 021-522512


उपाध्यक्ष उम्मेदवार दूधे शिशुसहित चुनावी अभियानमा

उपाध्यक्ष उम्मेदवार दूधे शिशुसहित चुनावी अभियानमा

उम्मेदवार लीला विष्ट तीन महिने छोरीसहित चुनावी अभियानमा । अन्नपूर्ण

बैतडी, जेठ ३१ गते ।  जिल्लाको सुर्नया गाउँपालिकामा सबै दलका उम्मेदवार भोट माग्न घरदैलोमा व्यस्त रहेका बेला एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार लीला विष्ट तीन महिने छोरी काखमा लिएर घरदैलो गरिरहनुभएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनकै बेला पार्टीले उहाँलाई उपाध्यक्षको उम्मेदवार बनाएपछि तीन महिने छोरीसहित घरदैलो अभियानमा हुनुहुन्छ । जेठको टन्टालपुरको घामको वास्ता नगरी छोरी बोकेर लीला भोट मागिरहनुभएको छ ।
एक वर्षअघि गैरसरकारी संस्थामा काम गर्दा ग्रामीण क्षेत्रका महिलाको अवस्था राम्ररी बुझ्नुभएकी लीलाले महिलाको समग्र विकासका लागि महिलाको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'मैले ग्रामीण क्षेत्रका महिलाको पीडा राम्ररी बुझेकी छु । स्थानीय तहको निर्वाचनका माध्यमबाट नेतृत्वमा दाबी गर्ने अवसर मिल्यो । मैले छोरी सानै भए पनि उम्मेदवारी दिएकी हुँ । उसको भविष्यसँग मेरो उम्मेदवारी जोडिएको छ । महिलाका समस्या समाधानका लागि महिला नै अग्रसर हुनु जरुरी छ ।'
टन्टलापुर घाममा छोरी बोकेर प्रचारप्रसारमा जानु लीलाका लागि सजिलो त छैन तर महिलाकै विकासका लागि आफूले दुःख गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'छोरी बोकेर जनता माझ गइरहेकी छु । खास गरेर महिला मतदाताले मेरो कुरा बुझ्नुभएको छ । महिला अघि नबढ्दासम्म महिलाका समस्या समाधान हुँदैनन् । त्यसैले मैले छोरी सानी हुँदासमेत उम्मेदवारी दिएकी हुँ ।'
महिलाको राजनीतिमा पहुँच भए मात्रै नीति निर्माण तहसम्म पहुँच पुग्छ । यसका लागि केही त्याग गर्नु आवश्यक छ । त्यसैले मैले छोरी बोकेर उम्मेदवार बन्ने आँट गरेकी हुँ । -लीला विष्ट, उपाध्यक्ष उम्मेदवार, एमाले
'ग्रामीण क्षेत्रमा अझै पनि महिलाको कार्यबोझ पुरुषको तुलनामा निकै बढी छ । यसलाई न्यूनीकरण गर्न योजना आवश्यक छ । योजना बनाउन महिला नेतृत्व आवश्यक छ', लीलाले भन्नुभयो, 'सुर्नया गाउँपालिकामा महिलामैत्री योजना निर्माणका लागि मेरो उम्मेदवारी हो । मैले जितेमा महिलाको मुक्तिका लागि नयाँ योजना अघि बढाउनेछु ।'
महिलालाई घरभन्दा बाहिर जाँदा शंकाको दृष्टिकोणले हेर्ने समाजमा दूधे छोरी लिएर उम्मेदवार बन्न पाउँदा निकै खुसी लागेको लीलाले बताउनुभयो । उहाँले भन्नुभयो, 'मैले समाज बुझ्ने अवसर पाएँ । त्यसैले उम्मेदवार बन्न योग्य भएँ । अबका दिनमा छोरीहरू समग्र समाजको नेतृत्वमा पुगुन् भनेर मैले उम्मेदवारी दिएकी हुँ ।'
गैरसरकारी संस्थामा काम गर्दा महिलाका समस्याबारे आफू जानकार हुन पाएको जानकारी दिँदै लीलाले राजनीतिमा महिलाको पहुँच नबढ्दासम्म परिवर्तन असम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'महिलाको राजनीतिमा पहुँच भए मात्रै नीति निर्माण तहसम्म पहुँच पुग्छ । यसका लागि केही त्याग गर्नु आवश्यक छ । त्यसैले मैले छोरी बोकेर उम्मेदवार बन्ने आँट गरेकी हुँ ।'
जिल्लाका १० स्थानीय तहमा महिलाको उम्मेदवारी उपप्रमुखमा मात्र सीमित छ । यो अवस्था चिर्न महिला जागरुक हुनु आवश्यक रहेको विष्टले बताउनुभयो ।बैतडीको सुर्नया गाउँपालिकामा एमालेबाट उपाध्यक्षकी।  - अन्नपूर्ण बाट , भगीरथ अवस्थी



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget