Websoft University

www.radiomakalu.com || 021-522512


इरान बन्यो विश्वकपमा छानिने पहिलो एशियाली राष्ट्र


इरान बन्यो विश्वकपमा छानिने पहिलो एशियाली राष्ट्र
तेहरान : इरान अर्को वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा छनोट भएको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २-० गोलले हराउँदै इरान सन् २०१८ को विश्वकपमा छनोट भएको हो । रुस विश्वकपमा छानिने इरान पहिलो एसियाली राष्ट्र पनि बनेको छ । यसैगरी इरानी टोली रुस विश्वकपमा छानिनले दोस्रो टोली हो । यसअघि ब्राजिल उक्त विश्वकपमा छनोट भइसकेको छ ।
यसैगरी इरान दुई संस्करण विश्वकपमा छनोट भएको यो पहिलोपटक हो । इरानले सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप पनि खेलेको थियो । समग्रमा भने इरान पाँचौं पटक विश्वकपमा छनोट भएको हो । अजादी स्टेडियममा भएको खेलमा इरानलाई विजयी बनाउन पहिलो हाफको २३औं मिनेटमा सरदार आजमुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी टोलीमाथि लगातार दबाब बनाएको इरानले दोस्रो गोल खेलको ८८औं मिनेटमा गर्‍यो । मेहदी तारेमीले आकर्षक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
विश्वकप छनोटको तेस्रो चरणमा समूह 'ए' मा रहेको इरानले छैटौं जित निकाल्ने क्रममा उज्वेकिस्तालाई स्तब्ध पार्दै आठ खेलबाट २० अंक जोडेको छ । तेस्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंकमात्र छ । यही समूहमा रहेको दक्षिण कोरिया सात खेलबाट १३ अंक जोड्दै तालिकाको दोस्रो स्थान कब्जा गरेको छ ।
समूहका शीर्ष दुई टोली विश्वकपमा छनोट हुने भएकाले दक्षिण कोरियाको सम्भावना पनि बलियो छ ।
समूहको तेस्रो स्थानमा रहने टोलीले चौथो चरणमा प्लेअफ खेल्नु पर्नेछ । सन् १९७८ मा पहिलो पटक विश्वकप खेलेको इरान विश्वकप मा सहभागी भएको यो पाँचौंपटक हो । यसअघि सन् १९७८, १९९८, २००६ र सन् २०१४ मा विश्वकप मा सहभागिता जनाए पनि इरान समूहगत चरणभन्दा माथि उक्लन सकेको छैन ।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget