Websoft University

www.radiomakalu.com || 021-522512


तालिममा गएका निर्वाचन अधिकृत राजपाको कब्जामा

 तालिममा गएका निर्वाचन अधिकृत राजपाको कब्जामा
नियन्त्रणमा राखिएका मतदान अधिकृतहरुलाई निर्वाचनमा असयोग गर्न आग्रह गर्दै राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, महासचिव मनिष सुमन र केन्द्रीय सदस्य साधना झा । 


राजविराज,  जेठ ३१ गते । स्थानीय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको अवरोधपछि बुधबार राजविराजमा हुन लागेको निर्वाचनसम्बन्धी तालिम स्थगित भएको छ । राजपाका नेता, कार्यकर्ताले विहानैदेखि तालिमस्थल रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा घेराउ गरी धर्ना दिएपछि झडपको सम्भावना देखेर कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले तालिममा सहभागि हुन पुगेका करीब चार दर्जन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक एक घण्टासम्म धर्नास्थलमा राखेका थिए । जिल्ला निर्वाचन कार्यालयले ६०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिने योजना थियो ।
साढे ११ बजेदेखि तालिम हुने थाहा पाएका प्रदर्शनकारीहरु दुई घण्टा अगावै क्याम्पस पुगेर नारावाजी गर्दै धर्नामा बसेका थिए । तालिमस्थल पुगेका राजपा कार्यकर्ताले प्रवेशद्वारमै मतदान र सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर निर्वाचनमा असहयोग गर्न आग्रह गरे । स्थानीय प्रशासनले सुरक्षार्थ क्याम्पसमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
संविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै असार १४ मा हुन लागेको स्थानीय तह निर्वाचनको विरोध गर्दै आन्दोलन गरिरहेको छ ।- अन्नपूर्ण बाट ,
तस्विर : मनोहरकुमार पोखरेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget