जेठ २७ गते । आतंकवादको मुद्दामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतारलाई घेरेका छन् । उनले कतारलाई आतंकवादका लागि कोष खडा गरेको आरोप लगाएका छन् । उनले कतारले लामो समयदेखि आतंकवादको वित्त पोषण गर्दै आएकाले यसलाई तत्काल बन्द गर्न आदेश दिएका छन् ।

ट्रम्पका प्रमुख कुटनीतिक रेक्स टिलरसनले साउदी अरब र उनका अन्य क्षेत्रीय सहयोगीसँग कतारसँगको गतिरोधमा केही लचिलो हुन आग्रह गरेपछि ट्रम्पको यस्तो बयान सार्वजनिक भएको हो । टिलरसनले कतारलाई अलग्याइएपछि अमेरिकी सेनाको गतिविधी तथा इस्लामिक स्टेटविरुद्धको लडाईंमा बाधा उत्पन्न भइरहेको बताएका छन् ।- एजेन्सी
Post a Comment