Websoft University

www.radiomakalu.com || 021-522512


एन्फा महिला लिग च्याम्पियनसीप फुटबलमा ताप्लेजुङ्गको जीत

एन्फा महिला लिग च्याम्पियनसीप फुटबलमा ताप्लेजुङ्गको जीत


 एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ । ताप्लेजुङ्गका लागि भुजुङ्गा राईले २३ र ५५ मिनेटमा गोल गरेका थिए ।
मिति २०७४ जेठ १६ गते देखि संचालन भएको प्रतियोगिताको विजेता ताप्लेजुङ्ग महिला फुटबल टिमले नगद र ३ लाख सहित विजेता ट्रफी र पदक तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै गरी उपविजेता रौतहट महिला फुटबल टिमले नगद र १ लाख ५० हजार सहित विजेता ट्रफी र पदक तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर ताप्लेजुङ्गकी लिला लामगाडो, उत्कृष्ट डिफेन्डर ताप्लेजुङ्गकी गिता राना, उत्कृष्ट मिडफिल्डर ताप्लेजुङ्गी अनिता बस्नेत, उत्कृष्ट फर्वाड रौतहटकी रश्मि कुमारी घिसिङ्ग तथा उत्कृष्ट प्रशिक्षक ताप्लेजुङ्गका देब कुमार मादेन हुन सफल भएका छन् । उत्कृष्ट सबैले नगद रु १५ हजार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री नरेन्द्र श्रेष्ठ, मानार्थ उपाध्यक्ष्ँ हरि प्रसाद श्रेष्ठ, केन्द्रिय सदस्य रमेश रायमाझी, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष्ँ भिमसेन कार्कीले पुरस्कार वितरण गरेका थिए ।- रातोपाटी बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget