Websoft University

www.radiomakalu.com || 021-522512


तीन दल वीच चार बुँदे सहमति,अवरुद्ध संसद खुल्यो

 तीन दल वीच चार बुँदे सहमति,अवरुद्ध संसद खुल्यो

काठमाडौ,  जेठ २२ गते ।  सत्ता पक्ष र प्रमुख प्रतिपक्ष वीच देखिएको विवाद समाधान गर्दै मंगलबारदेखि व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरवारमा बसेको तीन दलका शिर्ष नेताहरु वीच चार बुँदे सहमति भएपछि अवरुद्ध संसद सञ्चालन हुन लागेको हो ।
संसदको अवरोध हटेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित हुने बाटो खुलेको छ । संभवत मंगलबार नै देउवा नेपालका ४० औ प्रधानमन्त्रीमा निर्वाचित हुनु हुनेछ ।
काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँहरुले आ आफना तर्क संसदको बैठकमा राख्नु हुनेछ ।
बैठकमा सहभागी साँसद रामनारायण विडारीले अन्नपूर्णसँग भन्नुभयो ‘मंगलबार संसद खुल्छ । तीन जना नेताले सम्बोधन गर्नुहुन्छ । दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुन्छ ।’
‘अन्तत सहमति नगरिकन अघि बढन सकिदैन भन्ने कुराको बोध नेताहरुले गर्नुभयो । आज म धेरै खुसी छु’सभामुख घर्तीले टवीट गर्नु भएको छ। - अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget